लिम्बुवान दमकको अध्यक्षमा पुनः लोरिङदेन

 लिम्बुवान न्युज
                       

दमक, २९ कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल दमक नगरको चौथो अधिवेशन सोमबार किरातभवनस्थित सभाहलमा सम्पन्न भएको छ । मञ्चका प्रान्तीय उपाध्यक्ष सुरेन्द्र लिम्बु नोनामको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले पुनः अध्यक्षमा याम लोरिङदेन लिम्बुलाई निर्वाचित गरेको छ ।

छैठौं अधिवेशनले पुन थप पाँच बर्षको लागि लोरिङदेनलाई सर्वसहमतिमा दमक नगरको अध्यक्षमा निर्वाचित गरेको हो । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा सन्तकुमार चेम्जोङ, उपाध्यक्षहरुमा मनु साम्पाङ राई, पञ्चवीर राई, मेघराज फूयाल, दिनेश लावती, यादवसिंह वेघा, विजयसिंह थापामगर, मनुकमारी बेघा निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा सुक बहादुर सोदेम्बा, सहसचिवमा पदम बेघा, अर्थसचिवमा सीता केरुङ, सचिवालय सदस्यहरुमा डासमाया लिम्बु, ममता नेम्बाङ, विष्णु केरुङ, चन्द्र हेल्लोक लिम्बु, दरबार सिंह लिम्बु, सिमा केरुङ, जंग बहादुर सुहाङ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा उमेश सम्बाहाम्फे, हरिराज चेम्जोङ, नन्दलाल बेघा, अशोक शेर्मा, सन्तोष निङलेखु, नारद आङ्देम्बे, कर्ण आङ्देम्बे, खड्क लावती, कमल सेनेहाङ, रामकुमारी चेम्जोङ, श्याम मादेन, निसा राई, सरस्वती चेम्जोङ, ज्ञान बहादुर लिम्बु, लासेन सुब्बा, लक्षमी पुलामी मगर, देउकुमार पयाङ्गु, जितेन हाङश्रोङ, गंगा धिमाल, लक्ष्मी धिमाल, सविन धिमाल, सन्देश निङ्लेखु, कमला काम्बाङ, काकृत सम्बाहाम्फे, कुल बहादुर लिम्बु, तिल बहादुर सेर्मा लगायत रहेका छन् । आजै सल्लाहकारहरुमा बरिष्ठ सल्लाहकार टंक प्रसाद केरुङ, शेर बहादुर पतङ्वा र सल्लाहकारहरुमा सुरेश लावती, दिपशचन्द्र राई, गुमानसिंह सम्बाहाम्फे र पुष्प लोवा रहेका छन् ।

निर्वाचित नयाँ कार्य समितिलाई पद तथा गोपनीयताको सफल गराउँदै कार्यक्रमका प्रमुख अतिथि निङलेखुले सफल कार्यकालको बधाई तथा शुभकामना दिदैं पहिचानको आन्दोलन अझै बाँकी रहेको हुँदा अहिले नै संगठन मजबुत भईनसकेको हुँदा निरन्तर संगठन मज्बुत बनाउनमा जोड दिएका छन् । त्यसैगरी मञ्चका महासचिव अशोक चेम्जोङले लिम्बुवान आन्दोलनलाई उच्चाईमा पु¥याउन सबै नेताहरुको उत्तिक्कै जिम्मेवारी भएको बताउँदै भर्खरै मञ्चले प्रदेश १ सरकारमा सहभागी हुँदै पार्टीलाई थप उच्चाईमा पु¥याउने चरणमा अघि बढेको बताएका छन् ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष देउकुमार निङलेखु, उपमहासचिवहरु दिलकुमार लावती, भानु भट्टराई, प्रान्तीय सचिव धनराज सुब्बा, विष्णुमाया थापा लगायतका जिल्ला अध्यक्ष धनबहादुर पन्धाकसहित जिल्लाका दर्जनौं नेताहरुको उपस्थिति रहेको थियो ।

मनु साम्पाङको नेतृत्वमा संघीय लिम्बुवान महिला मञ्च गठन

आजै नगरअधिवेशनसँगै संघीय लिम्बुवान महिला मञ्च, दमक नगर समिति पनि सर्वसहमितले गठन भएको छ । मनु साम्पाङको अध्यक्षतामा महिला मञ्च गठन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्ष सीता केरुङ, उपाध्यक्षहरुमा तारा लावती, ममता लिम्बु, दासमाया लिम्बु, गंगा धिमाल, कमला काम्बाङ, लक्ष्मी पुलामी मगर चयन भएका छन् भने सचिवमा दिपा सम्बाहाम्फे, सहसचिवमा लासेन लिम्बु त्यसैगरी अर्थसचिवमा मनकुमारी बेघा रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा शारदा लिम्बु, हेमकुमारी लिम्बु, लक्ष्मीमाया इम्बुङ, प्रतिमा सेर्मा इम्बुङ, लक्ष्मी सेर्मा, लक्ष्मी धिमाल, सरस्वती लावती, देवी लिम्बु, सोम्बारी लिम्बु, सरस्वती लिम्बु, निशा राई र विष्णु केरुङ निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...