लिम्बुवानको कन्काई वडा अध्यक्षमा महेन्द्र कन्दङवा

 लिम्बुवान न्युज
                       

कन्काई, ३० कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल कनकाई वडा ७ कार्य समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । मंगलबार किरातेश्वर माङहिमस्थित सभाहलमा सम्पन्न अधिवेशनले महेन्द्र कन्दङवाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

वडाध्यक्ष वसन्त मेन्याङ्वोको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा पार्टीका प्रान्तीय सचिवालय सदस्य भक्त मेन्याङवोको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी विशिष्ट अतिथिमा झापा जिल्ला अध्यक्ष धनबहादुर पन्धाक रहेका थिए ।

कनकाई ७ को तेस्रो वडा अधिवेशनको बन्दसत्रबाट अध्यक्ष कदन्ङवासँगै उपाध्यक्षहरुमा क्रमसः लोकनाथ अधिकारी र राम कुमारी पाहिम, सचिवमा गोविन्द साँवा, सहसचिवमा भावना लिम्बु र अर्थसचिवमा गीता चेम्जोङ निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा योनिसा सावदेन, वाजुम हास्दा, सन्देश परियार, राज कुमार मेन्याङबो र निमा तामाङ निर्वाचित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य भक्त मेन्याङ्बोले लिम्बुवान आन्दोलनलाई सशक्त बनाउँदै आगामी दिनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाललाई नेपालको हकमा एउटा उदाहरणीय पार्टी बनाउने र प्रदेशको नामाङ्कनमा कुनै हालतमा पनि लिम्बुवान हुनुपर्ने नभए आन्दोलनलाई निर्णायक बनाउने बताए ।

यसैगरी विशिष्ट अतिथि जिल्ला अध्यक्ष पन्धाक, झापा जिल्ला सदस्य प्रेम कुमार फोम्बो, पार्टीको तर्फबाट पूर्व वडा परिषदका उम्मेद्वार जर्तन किस्कु, पूर्व गाविस उपाध्यक्ष ताराचन खवास, त्यसैगरी किरातेश्वर माङ्हिमका अध्यक्ष निर्मल आङ्थुपोले समेत अधिवेशनमा निर्वाचित कार्य समितिलाई पूर्णसफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य गोबिन्द सांवा (छथरे)ले राखेका थिए भने कार्यक्रम संचालन निवर्तमान सचिव महेन्द्र कन्दङ्वाले गरेका थिए ।

 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...