लिम्बुवानको कन्काई वडा अध्यक्षमा महेन्द्र कन्दङवा

,   लिम्बुवान न्युज
                       

कन्काई, ३० कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल कनकाई वडा ७ कार्य समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । मंगलबार किरातेश्वर माङहिमस्थित सभाहलमा सम्पन्न अधिवेशनले महेन्द्र कन्दङवाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

वडाध्यक्ष वसन्त मेन्याङ्वोको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा पार्टीका प्रान्तीय सचिवालय सदस्य भक्त मेन्याङवोको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी विशिष्ट अतिथिमा झापा जिल्ला अध्यक्ष धनबहादुर पन्धाक रहेका थिए ।

कनकाई ७ को तेस्रो वडा अधिवेशनको बन्दसत्रबाट अध्यक्ष कदन्ङवासँगै उपाध्यक्षहरुमा क्रमसः लोकनाथ अधिकारी र राम कुमारी पाहिम, सचिवमा गोविन्द साँवा, सहसचिवमा भावना लिम्बु र अर्थसचिवमा गीता चेम्जोङ निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा योनिसा सावदेन, वाजुम हास्दा, सन्देश परियार, राज कुमार मेन्याङबो र निमा तामाङ निर्वाचित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य भक्त मेन्याङ्बोले लिम्बुवान आन्दोलनलाई सशक्त बनाउँदै आगामी दिनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाललाई नेपालको हकमा एउटा उदाहरणीय पार्टी बनाउने र प्रदेशको नामाङ्कनमा कुनै हालतमा पनि लिम्बुवान हुनुपर्ने नभए आन्दोलनलाई निर्णायक बनाउने बताए ।

यसैगरी विशिष्ट अतिथि जिल्ला अध्यक्ष पन्धाक, झापा जिल्ला सदस्य प्रेम कुमार फोम्बो, पार्टीको तर्फबाट पूर्व वडा परिषदका उम्मेद्वार जर्तन किस्कु, पूर्व गाविस उपाध्यक्ष ताराचन खवास, त्यसैगरी किरातेश्वर माङ्हिमका अध्यक्ष निर्मल आङ्थुपोले समेत अधिवेशनमा निर्वाचित कार्य समितिलाई पूर्णसफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य गोबिन्द सांवा (छथरे)ले राखेका थिए भने कार्यक्रम संचालन निवर्तमान सचिव महेन्द्र कन्दङ्वाले गरेका थिए ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;