कतार विश्वकपमा छानिए १३ राष्ट्र, अब १९ राष्ट्र छनौट हुन बाँकी

 लिम्बुवान न्युज
                       

काठमाडौं, १ मंसिर । सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि छनोट चरणका खेलहरू चलिरहेका छन् । अहिलेसम्म आयोजक कतारसहित १३ राष्ट्र छनोट भइसकेका छन् ।

कतार आयोजकका रुपमा सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी १२ राष्ट्रहरुले छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेको हो. । अब कतार विश्वकपमा १९ राष्ट्र छनोट हुन बाँकी रहेका छन् ।

कतार विश्वकपको लागि हालसम्म छनोट भएका १३ टिमहरु युरोपबाट फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड र नेदरल्यान्ड्स छानिएका छन् भने दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना विश्वकप २०२२ मा छनौट भइसकेका छन् ।

आयोजिक राष्ट्र कतार आयोजकको रुपमा स्वत छनौट भएको छ ।

 

सम्बन्धित समाचार

लोक गायक एलपी जोशीको निधन

दमक, ११ असार । दमक निवासी लोकप्रिय लोक गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । बिहीबार ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा निधन भएको हो । वि.सं. १९९३ सालमा धनकुटा बजारमा जन्मिएका...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना २२ जनाको मृत्यु

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले २२ जनाको मृत्यु भएको पुष्टि गरे । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार...

पूर्व मन्त्री किराती पहिचानवादी मोर्चामा आबद्धः तेस्रो जनआन्दोलनको चेतावनी

दमक, ८ साउन । पूर्वमन्त्री गोपाल किराती डा. महेन्द्र लावतीको पहिचानवादी मोर्चामा अबद्ध भएका छन् । सोमबार काठमाडौंस्थित रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुसहित नेकपा एकीकृत समाजवादी लिम्बु संघका इन्चार्ज कृष्ण चोङबाङ, दलित अधिकारकर्मी डा....

प्रधानमन्त्री केपी ओली सहित नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण

दमक, ३१ असार । नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् । शितल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै उनीहरूले आ–आफूले पाएका मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद्...