फोनिज झापा शाखाको छैठौं अधिवेशन मंसिर २५ मा हुने

 लिम्बुवान न्युज
                       

 

दमक, २ मंसिर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको छैंटौं अधिवेशन यहि मंसिर २५ गते शनिबार हुने भएको छ ।

फोनिज संघीय समितिको निर्णय अनुसार फोनिज झापा शाखाको बुधबार बिर्तामोडमा सम्पन्न बैठकले उक्त अधिवेशन गर्ने निर्णय गरेको फोनिज झापाका अध्यक्ष विशाल नेम्वाङ्ले जानकारी दिए ।

अधिवेशन सम्पन्न गर्न बैठकले सचिव अमित खम्बूको संयोजकत्वमा सहसचिव भूमिका सुब्बा र सदस्य एकराज प्रधान सदस्य रहेको तीन सदस्यीय अधिवेशन आयोजक समिति र कोषाध्यक्ष भारती राईको संयोजकत्वमा सदस्यद्वय तिलक योञ्जन र नरेश गुरुङ सदस्य रहेको तीन सदस्यीय आर्थिक उपसमिति गठन गरेको छ ।

त्यसैगरी बैठकले अधिवेशनका लागि नयाँ सदस्यता आव्हान् तथा नविकरण गर्ने समय यही मंसीर १५ गते बुधबार दिँउसो १ बजेसम्मको लागि तोकेको छ । “सदस्यता नविकरण नभएकाहरुले अधिवेशनको बन्दसत्र र निर्वाचन प्रक्रियामा सहभागिता जनाउन पाउने छैन ।”–फोनिज झापा शाखाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...