लिम्बुवान मञ्चको छथर अध्यक्ष बने दिपेन तुम्खेवा

,   लिम्बुवान न्युज
                       

छथर, तेह्रथुम । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल छथर गाउँपालिका अध्यक्षमा दिपेन तुम्खेवा चयन भएका छन् । गत शनिबार छथर गाउँपालिका कार्य समितिको तेस्रो अधिवेशनले तुम्खेवाको अध्यक्षतामा २४ सदस्यीय कार्य समिति चयन गरेको हो ।

मञ्चका प्रान्तीय उपमहासचिव तथा संचारविभाग प्रमुख दिलकुमार लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ कार्य समिति सर्वसहमतिमा चयन गरेको थियो । कार्यक्रममा सचिवालय सदस्य शंकर खेवा, डिल्लीश्वर तुम्खेवा र प्रान्तीय सदस्य दिल पाक्सवाले शुभकामना मन्तव्य राखेका थिए ।

तेस्रो अधिवेशनबाट उपाध्यक्षमा रामकुमार लिम्बु, पवित्रा लिम्बु, उदय विक, केशरमान मादेन र पूर्ण साँवा निर्वाचित भएका छन् । यसरी नै सचिवमा योगेन्द्र साँवा, सहसचिवमा गोपाल लिम्बु र अर्थसचिवमा टेकबहादुर लिम्बु चयन भएका छन् भने सदस्यहरुमा धनबहादुर विक, टेक बहादुर तुम्खेवा, शान्ता लिम्बु, नगेन्द्र कुरुम्भङ, गोर्ख बहादुर लिम्बु, बुद्धसिं लिम्बू, ललित लिम्बू, चन्द्र तुम्खेवा, हिक्मत तुम्खेवा, भिम बहादुर लिम्बु, अमृत लिम्बू (राजु), गोर्ख लिम्बू, खिपेन लिम्बू, आइतराज लिम्बू र प्रकाश मगर निर्वाचित भएका छन् ।

लिम्बुवान मञ्चले हाल लिम्बुवानका सबै स्थानीय तह, वार्डपालिकादेखि जिल्ला अधिवेशन धमाधम गर्दै आएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;