फूटबल टिमका कप्तान किरणले माल्दिभ्सबाट लिग खेल्ने

 लिम्बुवान न्युज
                       

काठमाडौं, लिख । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोेङले माल्दिभ्सको लिग खेल्ने भएका छन् ।

माल्दिभ्सको शीर्ष डिभिजनको लिग माजिया स्पोर्टस् एण्ड रिक्रिएसन क्लबबाट नयाँ सिजनको लिग खेल्न चेम्जोङ माल्दिभ्स पुगिसकेका छन् । माजियाले शनिबार किरणलाई आफ्नो खेलाडीको रुपमा सार्वजनिक गरेको हो ।

शुक्रबारदेखि नेपालको शहीद स्मारक ए डिभिजन लिग सुरु भएपनि उनी शुक्रबारै माल्दिभ्स गएका थिए । किरणले यसअघि पनि माल्दिभ्सकै टिसी स्पोर्ट्सबाट खेल्दै उपाधि जितेका थिए साथै उत्कृष्ट गोलरक्षक समेत घोषित भएका थिए ।

गत सिजन किरणले भारतीय आई लिग क्लब राउन्ड ग्लास पन्जाबबाट खेलेका थिए । राउण्ड ग्लास पञ्जाबसंग सम्झौता सकिएपछि किरण माल्दिभ्सको क्लब गएका हुन् । किरणले नेपाल, भारत र माल्दिभ्समा लिग जित्ने नेपाली खेलाडी हुन् ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...