फूटबल टिमका कप्तान किरणले माल्दिभ्सबाट लिग खेल्ने

,   लिम्बुवान न्युज
                       

काठमाडौं, लिख । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोेङले माल्दिभ्सको लिग खेल्ने भएका छन् ।

माल्दिभ्सको शीर्ष डिभिजनको लिग माजिया स्पोर्टस् एण्ड रिक्रिएसन क्लबबाट नयाँ सिजनको लिग खेल्न चेम्जोङ माल्दिभ्स पुगिसकेका छन् । माजियाले शनिबार किरणलाई आफ्नो खेलाडीको रुपमा सार्वजनिक गरेको हो ।

शुक्रबारदेखि नेपालको शहीद स्मारक ए डिभिजन लिग सुरु भएपनि उनी शुक्रबारै माल्दिभ्स गएका थिए । किरणले यसअघि पनि माल्दिभ्सकै टिसी स्पोर्ट्सबाट खेल्दै उपाधि जितेका थिए साथै उत्कृष्ट गोलरक्षक समेत घोषित भएका थिए ।

गत सिजन किरणले भारतीय आई लिग क्लब राउन्ड ग्लास पन्जाबबाट खेलेका थिए । राउण्ड ग्लास पञ्जाबसंग सम्झौता सकिएपछि किरण माल्दिभ्सको क्लब गएका हुन् । किरणले नेपाल, भारत र माल्दिभ्समा लिग जित्ने नेपाली खेलाडी हुन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;