आजबाट १४औं संस्करणकाे आत्मानन्द गोलकप शुरू

,   लिम्बुवान न्युज
                       

माङ्सेबुङ । इलामको माङसेबुङमा आत्मानन्द गोलकपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ ।  खेल कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयराम यादवले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको पहिलो खेल अन्तर्गत माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिले सहज जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेकोक छ । गाधुली क्लब सुनसरीलाई सुन्यका विरुद्ध ३ गोल गर्दै माङसेबुङ दोस्रो चरणमा प्रवेश गरेको हो ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिले सुरुवाति खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै सुनसरी माथि सहज जित निकालेको थियो । खेलको १८औं मिनेटमा माङसेबुङका जर्सी नं. ७ प्रविण राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलमा आक्रमक देखिएको माङसेबुङले खेलको २०औं मिनेटमा पुनः प्रविण राईले दोस्रो गोल गर्दै नतिजा दोब्बर बनाएको थियो ।

आफ्नो घरेलु मैदानमा उत्रेको माङसेबुङलाई रोक्न नसक्दा २४औं मिनेटमा जर्सी नं. ७ का प्रविण राईको असिस्टमा जर्सी नं. १७ का राईले माङसेबुङका लागि तेस्रो गोल गरेका थिए ।

निकै उत्कृष्ट प्रदर्शन गरको सुनसरीले दोस्रो हाफमा जर्सी नं. ३ का विवस सुनुवारले सान्तवना गोल गरेका थिए । खेलकाे म्यान अफ दि म्याच सुनसरीका जर्सी नं. १५ का साैजन राइले प्राप्त गरेका थिए ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल बि.बि. एफ.सि. दमक झापा र रेड हर्ष इलामबीच हुने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने समारोह खेलकुद विभाग आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष आङबुहाङले बताए ।

आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङको अध्इक्षतामा तथा सामाजिक विकास मन्त्री जयराम यादव प्रमुख अतिथ्यमा प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको थियो ।

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, गोधुली क्लब धरान सुनसरी, फिदिम स्र्पोटिङ क्लब पाँचथर, झापा–११ झापा, बीबीएफसी दमक झापा, रेडहर्ष इलाम, माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र श्रीजङ्गा स्पोर्टिङ क्बल मोरङको सहभागिता रहनेछ । माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ डिफेन्डिङ च्याम्पियन समेत रहेकाे छ ।

प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;