
दमक, १३ मंसिर । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स (एलभी) केन्द्रीय कमाण्डले तेस्रो राष्ट्रिय भेला गर्ने जनाएको छ । भोलेन्टियर्सले आगामी तेस्रो लिम्बुवान अधिवेशनलाई लक्षित गर्दै राष्ट्रिय भेला गर्न लागेको हो ।
शनिबार दमकमा कमाण्डको बैठक बस्दै मंसिर २२ गते भित्रमा भेलाको आयोजना गर्ने प्रान्तीय महासचिव तथा एलभी केन्द्रीय कमाण्डर थाङसाङ लावतीले बताए ।
कमाण्डर लावतीले आगामी लिम्बुवान प्रान्तको अधिवेशन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संघीय राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न भोलेन्टियर्सले कुनै कसुर बाँकी नराख्ने बताए । खुल्ला सत्र देखि बन्दसत्र सम्म सबै दिन कमाण्डले सुरक्षा सतकर्ता अपनाउँदै कार्यक्रम सम्पन्न गर्ने उनले जोड दिए ।
बैठकमा झापा, मोरङ, सुनसरी र इलामका कमाण्डरहरुको उपस्थिति रहेको सिनियर उपकमाण्डर काजीमान ओख्राबोले जनाए ।
