पत्रकार उपचार कोषमा ६४ लाख

 लिम्बुवान न्युज
                       


बिर्तामोड, २९ कात्तिक  । झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले १ करोडको लक्ष्यसहित स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ६४ लाख रुपैयाँ जम्मा भएको छ ।

कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा घाइते भएको अवस्थामा उपचार खर्च समेत उपलब्ध गराउन थालिएको महासंघ झापाले जनाएको छ ।

सहारा नेपाल साकोससहित विभिन्न सहकारी संस्था, विद्यालय , सामाजिक तथा व्यवसायिक संस्थाले कोषमा रकम सहयोग गरेका हुन् । व्यक्तिगत रुपमा समेत पितृको स्मृति, जन्मोत्सव तथा विवाहउत्सव लागायतका सन्दर्भमा दाताहरुले दिएको सहयोगबाट कोषमा उक्त रकम जम्मा भएको हो ।

पत्रकारको उपचार तथा दीगो हितका लागि कोषलाई सहयोग गर्ने सबै दाताहरुप्रति महासंघको हालै बिर्तामोडमा सम्पन्न साधारणसभाले धन्यवाद ज्ञापन गरेको छ । साधारणसभाले कोषलाई एक करोड पुर्याउने लक्ष्य हासिल गर्न सहयोगका निम्ति सबै पक्षलाई अपिल पनि गरेको छ ।

महासंघका सदस्यले समेत उक्त सुविधा लिन न्यूनतम तीन हजार शुल्क तिरेर कोषमा आवद्ध हुनुपर्ने व्यवस्था छ । महासंघको अघिल्लो साधारणसभाले पारित गरेको कार्यविधि अनुसार पत्रकारले कोषमा एक पटक आवद्धता शुल्क बुझाएपछि पुनः बुझाउनु पर्दैन । साथै यही कात्तिक २५ गते सम्पन्न साधारणसभाले बिरामी तथा घाइते पत्रकारलाई यसअघि दिइदै आएको उपचार खर्चमा वृद्धि गरेको छ ।

झापाका बिरामी तथा घाइते पत्रकारलाई ‘क’ ‘ख’ ‘ग’ गरी तीन वर्गमा विभाजिन गरी क्रमशः २० हजार, १५ हजार र १० हजार उपचार खर्च दिईदै आएको थियो । उपचार कोष कार्यविधि संसोधन गरी अब ३० हजारसम्म उपचार खर्च दिन निर्णय गरिएको छ ।

त्यस्तै पत्रकार महिला सुत्केरी हुँदा यदि शल्यक्रिया गर्नुपर्ने भएमा २५ हजार रुपैयाँ उपचार खर्च महासंघले कोषमार्फत उपलब्ध गराउने निर्णय गरेको छ ।

महासंघले सदस्यको मृत्यु भएमा परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने समेत निर्णय गरेको छ । कोषको ब्याजबाट प्राप्त हुने रकमबाट तत्कालका लागि उक्त सहयोग प्रदान गरिने र भविश्यमा कोष वृद्धि हुँदै जाँदा सुविधा रकम पनि बढाउदै लगिने बताइएको छ ।

महासंघ झापाको सिफारिसमा उपचार खर्चको आधारमा जिल्लाका पत्रकारहरुले महासंघ केन्द्रीय समिति र प्रेस काउन्सिलबाट समेत उपचार खर्च पाउदै आएका छन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;