समानुपातिक तर्फ एमाले अघि लाग्दैः कांग्रेस पछाउँदै

 लिम्बुवान न्युज
                       


लिम्बुवानखबर, ८ मंसिर । नेकपा एमाले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन पद्धतितर्फ अघि लाग्दै छ भने नेपाली कांग्रेसले पछाउँदैछ । एमालेले मतपरिणाम अनुसार अहिलेसम्ममा ६ लाख मत कटाएको छ ।

निर्वाचन आयोगले विहीबार अपरान्ह अपडेट गरेको मत परिणाम अनुसार एमालेले ६ लाख २७ हजार मत पाएको छ । यसैगरी नेपाली कांग्रेस दोस्रो स्थानमा रहँदै एमालेलाई पछाईरहेको छ ।

यो सँगै नेपाली कांग्रेसले ५ लाख ९२ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख १६ हजार, नेकपा माओवादी केन्द्रले २ लाख ८४ हजार मत पाएको छ ।

त्यसैगरी राप्रपाले १ लाख ७१ हजार, जनता समाजवादी पार्टीले ७६ हजार, नेपाल मजदुर किसान पार्टीले ५१ हजार, जनमत पार्टीले ५० हजार, नागरिक उन्मुक्ति पार्टीले ४९ हजार र एकीकृत समाजवादीले ४१ हजार मत पाएका छन् ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...