दमकमा अन्तर मिडियाकप फुटसल हुँदै

 लिम्बुवान न्युज
                       

दमक, २२ कार्तिक । पत्रकार मञ्च दमक, झापाले दसैं, तिहार, छट पर्वको अवसर पारेर मिडियाकप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मञ्चको शुक्रबार बसेको बैठकले कार्तिक २३ गते एक दिवसीय मिडियाकप फुटसल–२०८० प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा झापामा रहेका विभिन्न पत्रकारजन्य संस्था, मिडिया हाउस र इलामको माङसेबुङबाट विभिन्न मिडियाले सहभागिता जनाउने अनुमान गरिएको छ ।

‘सहभागी हुने टिमको यकिन संख्यासहित २२ गते पत्रकार सम्मेलन गरेर टाइसिट सार्वजनिक गर्नेछौं । आमन्त्रणका लागि पत्राचार गरिसकेका छौं’, प्रतियोगिता बारे जानकारी दिँदै मञ्चका अध्यक्ष कमन देवानले भने –‘विभिन्न सहयोगी दाताहरुसँगको सहयोगबाट प्रतियोगिता सम्पन्न गर्नेगरी तयारी थालेका छौं ।’

प्रतियोगिताका विजेताले नगद १५ हजार १५ सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद १० हजार १० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । तर, टाइटल स्पोन्सरका लागि विभिन्न चरणमा व्यवसायिक घरानाहरुसँग टाइअपको प्रयास भइरहेकोले पुरस्कार राशी बढ्न सक्ने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोल किपर र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने बताइएको छ ।

दमक ५ को बिष्ट फुटसल कोर्टमा आयोजना हुने प्रतियोगिता दीपावली र छठ पर्वको अवसरमा सञ्चारकर्मीहरुबीच आपसी भाइचारा वृद्धिका लागि आयोजना गर्न लागिएको मञ्चकी उपाध्यक्ष गीता ढुङ्गाना बताइन् ।

प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति

प्रतियोगिता सम्पन्न गर्न मञ्चका पूर्व अध्यक्ष विष्णु पोखरेलको संयोजकत्वमा तीन सदस्यीय प्रतियोगिता मूल व्यवस्थापन समिति गठन गरेको मञ्चका सचिव उमानाथ भण्डारीले जानकारी दिएका छन् ।

समितिका सदस्यहरुमा मञ्चका निवर्तमान अध्यक्ष मनकुमार गदाल र चिरञ्जीवी घिमिरे सदस्य छन् ।

प्रतियोगिता सफल पार्न कविध्वज राईको संयोजकत्वमा खेल व्यवस्थापन उप–समिति गठन गरिएको छ भने समितिका सदस्यहरुमा क्रमशः सजन राई र उत्तम रिजाल सदस्य छन् ।

त्यस्तै प्रतियोगिता सम्पन्न गर्न चिरञ्जीवी घिमिरेको संयोजकत्वमा तीन सदस्यीय आर्थिक व्यवस्थापन उप–समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा डिल्लीस्वर मुसाहाङ र सबिना राई छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...