पहिचान पक्षधरहरूले मंसिर २ गते दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

 लिम्बुवान न्युज
                       

गोत्रीय कोशी नाम खारेज गर्न पार्टीहरु एकजुट हुँदै

दमक, ३० कार्तिक । मंसिर २ गते गोत्रीय कोशी नाम खारेजी आन्दोलन दोस्रो चरणमा प्रवेश गर्दैछ । प्रदेश १ को दुई तिहाई प्रदेश सदस्यले पहिचान विरोधी गोत्रीय कोशी नाम नामाकरणसँगै प्रदेश १ मा पहिचान पक्षधर शक्तिहरु एकीकृत भई आन्दोलन छन् ।

२०७९ फागुन १७ गते कोशी नाम नामाकरणसँगै प्रदेश एकमा निरन्तर आन्दोलन भईरहेको छ । पहिचान पक्षधर विभिन्न राजनैतिक दल, नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ्, किरात राई यायोक्खा, शेर्पा संघ, पहिचानका आधारमा प्रदेश नं. १ पुनः नामाङकन अभियान समिति, नेकपा माओवादी सम्बद्ध जातीय संगठनहरु, जसपा, नेपाल, जसपा, नाउपा, जनमुक्ति, संघीय मञ्च, पहिचानवादी मोर्चा लगायत ४३ भन्दा धेरै घटकहरुको संयक्त संघर्ष समिति बनाई प्रदेश १ पुनः नामाकरणको लागि आन्दोलित संघर्ष समितिले मंसिर २ गते दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गर्दैछ ।

प्रदेशको राजधानी विराटनगरमा हुने बृहत ¥याली सहितको विरोधसभामा सम्बोधन गर्न नेकपा माओवादीको तर्फबाट केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री पम्फा भूसाल, जसपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष पूर्वमन्त्री राजेन्द्र महतो, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व संविधानसभा सदस्य विश्वभक्त दुलाल (आहुती)ले कार्यक्रमलाई सम्बोधन गर्ने बताईएको छ ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि उक्त कार्यक्रममा सम्बोधन गर्ने भनिपनि कार्यक्रम आउने टुङ्गो नलागिसकेको प्रचारप्रसार संयोजक अर्जुन जम्नेली राईले बताए ।

कार्यक्रम तथा आन्दोलन घोषणा पूर्व मन्त्री तथा पहिचानवादी मोर्चाका सदस्यसचिव गोपाल किरातीले गर्न बताइएको छ ।

यसैगरी ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध प्रदर्शन कार्यक्रममा संघर्ष समितिका संयोजक प्रेम एक्तेन, जनजाति महासंघका महासचिव दिवस राई, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, पहिचान अभियानका संयोजक डकेन्द्रसिंह थेगिम, नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवा, संघीय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक), शेर्पा मञ्चका महासचिव लाक्पा शेर्पा लगायत नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक जम्नेलीले बताए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...