बारामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रवेश

 लिम्बुवान न्युज
                       

बारा। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदेश नं. २ मा बाराबाट प्रवेश गरेको उद्घोष गरेको छ ।
सोमबार मञ्चको १०+१ अन्तर्गतका संघीय तामाङ्सालिङ् मञ्च र संघीय दलित शिल्पी मञ्चले संयुक्त रुपमा बाराको जीतपुरसिमरामा आयोजना गरेको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले बोल्दै बाराबाट मञ्च प्रवेश गरेको उद्घोष गरेका हुन् ।

कोरोना संक्रमणले थिलथिलिएको नेपालमा ठूलाबडाको राज्यले निःशुल्क उपचार गर्ने जनताहरुको भने उपचार गर्न नसकेर विदेशीलाई गुहार्ने सरकारको नियत माथि अध्यक्ष मिराकले सरकारको आलोचना गरेका छन् । जनताको दुई तिहाई भोट पाएको नेकपा सरकार प्रचण्डले ओलीलाई ओलीले प्रचण्डलाई आरोपप्रत्यारोप लगाउदै गर्दा देश ध्वस्त भईसक्यो । –उनले भने, लकडाउन यता प्रदेश नं. २ मा ८ जना भन्दा धेरै दलितहरुको हत्या भयो खोईत दलितको रक्षा गर्न सकेको मधेश सरकारले ? –अध्यक्ष लिङ्देनको प्रश्न थियो ।

हामीले राजतन्त्र देख्यौं, राणाशासन भोग्यौ, पञ्चायत, कांग्रेस, एमाले, माओवादी, मधेशको सरकार देख्यौ खोईत देशमा परिवर्तन भएको । अध्यक्ष लिङ्देनले मार्नेबेला राजालाई मार्ने अनि मृत युवराज दिपेन्द्रले नै राजा मारेपछि राजतन्त्रको अन्त्य भएको होइन र ? घुमाउरो तरिकाले अहिले देशव्यापी राजतन्त्रको नारा लगाउनेहरुलाई प्रश्न गरेका छन् । उनले थप भने –अबको राजा को हो त ?

अध्यक्ष मिराकले पहिचानको लडाई शान्तिपूर्ण हुन्छ, लोकतान्त्रिक र गणतान्त्रिक हुन्छ । यसको विकल्प भनेकै संघीय सह–अस्तित्ववाद हो त्यसैले सबै जातजातीहरुलाई संविधानमै मिलाएर लगेपछि अधिकार सुनिश्चित हुन्छ तब मात्र नेपालको एकता कायम हुने बताएका छन् ।

उक्त राजनैतिक भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब दुई सयको हाराहारीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा प्रवेश गरेका छन् । सो कार्यक्रममा मञ्चका अर्थसचिव विष्णु यक्सो, संघीय सदस्यहरु चन्द्र कन्दङ्वा, सुर्य लिम्बु, दलित शिल्पी मञ्चका महासचिव शर्मिला वागचन्द, शेर्पा मञ्चका महासचिव दावा शेर्पा, तामाङ्सालिङ् मञ्च प्रदेश नं. २ संयोजक रुपेश तितुङ् लगायत नेताहरुले पनि सम्बोधन गरेका थिए ।

सोही भेटघाट कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नंं १५ डाडाटोल गुम्बामा आयोजित उक्त कार्यक्रममा तामाङ्सालिङ् वडा कमिटि र दलित शिल्पी मञ्च वडा कमिटि गठन भएको छ । संघीय दलित शिल्पी मञ्च, वडा कमिटी अध्यक्ष कुल बहादुर बि.क.को अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षहरुमा पदम बहादुर बिक, भग्लु माझी, सचिवमा गीता सुनार, सह–सचिवमा निसा बि.क., कोषाध्यक्षमा प्रमिला सुनार, सह–कोेषाध्यक्ष परनीया माझी, सदस्यहरुमा क्रमशः भगवती बिक, कान्ती देवी माझी, अघनीय माझी, बिमल बिक, मिन बहादुर परियार, तापा माझी, कलिता देवी माझी, कल्चरिया माझी, सुरज माझी, सिल्तु माझी, पल्टन माझी, रुप बिक, शिव घिमीरे र लिला बिक रहेका छन् ।


त्यस्तै विकास मोक्तानको अध्यक्षतामा २१ सदस्य तामाङ्सालिङ् वडा कमिटी समेत उक्त कार्यक्रममा गठन भएको छ । संगठित उक्त समितिको उपाध्यक्ष बुध बहादुर योन्जन, सचिव राजेश बल, सहसचिव चम्लीमाइ दोङ, कोषाध्यक्ष दुर्गामाया मोक्तान, सदस्यहरुमा क्रमशः कमल राज थिन, रबि बुलोन, सोम बहादुर मोक्तान, लाल बहादुर स्यान्दान, ज्ञान बहादुर घिसिङ, जीत बहादुर बल, जीत बहादुर जिम्बा, सेर बहादुर लोक्चन, जीत बहादुर गोले, काजीमान पाख्रिन, गोपिला वाइबा, सोनाम पाख्रिन, विशाल पाख्रिन, अनिता बल, जुनुमाया थिङ र रमिता जिम्बा रहेका छन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...