पुँजीबजारमा ब्रोकर कमिशन घटाउन माग

 लिम्बुवान न्युज
                       

काठमाडौं । पछिल्लाे समय नेपालमा घरजग्गा काराेबार लकडाउनका कारण कम हुन थालेपछि व्यवसायीहरू शेयर बजारमा अाकर्शित हुने क्रम बढेसँगै शेयर बजार अहिले गर्माएकाे छ ।

अहिले सेयर खरिदबिक्री वापत तिर्नुपर्ने ब्रोकर कमिशन घटाउन माग गर्दै पुँजी बजारका लगानीकर्ताहरुले आन्दोलनको चेतावनी दिएका छन् ।

हाल एकै दिनमा ८/९ अर्बको कारोबार हुन थालेको तर ब्रोकर कमिशन भने यथावत रहँदा अझै पुरानै कायम भएपछि लगानीकर्ताहरुले आन्दोलन गर्ने भएका हुन् ।

हाल ब्रोकर कम्पनीहरुले ०.६५ प्रतिशतसम्म ब्रोकर कमिशन लिँदै आएका छन् । यसलाई घटाएर ०.२५ प्रतिशत बनाउनु पर्ने लगानीकर्ताहरूले माग गरेका छन् ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार ब्रोकर कमिशन घटाउनका लागि शुक्रबार लगानीकर्ताहरुको समूहले नेपाल धितोपत्र बोर्डलाई दबाब दिने कार्यक्रम रहेको बताइन् ।

कमिशन घटाउनका लागि पहिलो चरणमा बोर्डको ध्यानाकर्षण गराउने र त्यसपछि पनि सुनुवाइ नभए थप आन्दोलनका कार्यक्रमहरु अघि बढाउने लगानीकर्ताहरुको तयारी रहेकाे वताइएकाे छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...