१ लाख ८५ हजार राशीको खुल्ला अनलाईन अन्तराष्ट्रिय कविता प्रतियोगिता हुँदै

 लिम्बुवान न्युज
                       

दमक। संघीय लेखक मञ्च प्रवास मलेसियाले १ लाख ८५ हजार राशी पुरस्कार भएको अनलाइन कविता प्रतियोगिता गर्ने भएको छ ।
“अस्तित्व र पहिचानको निमित्त विश्वव्यापी खुल्ला अनलाईन कविता प्रतियोगिता २०७७” नाम दिईएको उक्त प्रतियोगितामा भाग लिन सबै पहिचानवादी लेखकहरुलाई अनुरोध गरेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास मलेसियाको जनसंगठनको रुपमा संघीय लेखक मञ्च प्रवास मलेसिया हालै मात्र गठन भएको संगठन हो । संगठनले भर्खरै जन्मिए पनि ठूलो प्रतियोगिता गर्नलागेकोमा प्रवास समिति मलेसियाले सक्दो सहयोग गर्ने जनाएको छ ।

उक्त कविता प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ सय एक र प्रमाणपत्र, द्वित्तीय पुरस्कार ५० हजार १ सय एक र प्रमाणपत्र, तृत्तीय पुरस्कार २५ हजार १ सय एक र प्रमाणपत्र त्यसैगरी सान्त्वना पुरस्कार १० हजार १ सय एक र प्रमाणपत्र राखिएको लेखक मञ्चका अध्यक्ष जनम लिङदमले बताएका छन् ।

उक्त प्रतियोगितामा सहभागीहरुले विभिन्न नौ वटा बुँदामा उल्लेखित नियमहरु अनिवार्य पालना गर्नु पर्ने छ । अन्यथा सो प्रतियोगितामा कविता समावेश नहुने पनि प्रकाशित सूचनामा उल्लेख गरेका छन् ।

१. कविता गद्य र पद्यको सिद्धान्तमा रहि कम्तिमा १ सय देखि बढीमा १ सय पचास शब्दमा देवनागरी लिपिमा हुनुपर्नेछ ।
२. कविता भाषा, भूगोल, जातीय अस्तित्व र पहिचानको भाव भएको हुनुपर्नेछ ।
३. कविता प्रकाशन भइसकेको जानकारी भएमा प्रतियोगिताको लागि मुल्यांकन गरिने छैन, नयाँ प्रतिभालाई प्राथमिकता दिइने छ ।
४. कवितामा ‘श्रृङगारिक कविता’लाई मान्यता दिईने छैन । कविता वाचन गर्दा क्यामारा वा मोवाइलले खिच्न सकिनेछ । भिडियो खिच्दा तेर्सो अथवा सिधा बनाएर खिच्नु पर्नेछ ।
५. कविता सम्प्रेषण गर्दा श्रव्यदृश्य र लिखित दुवैमा नाम ठेगाना स्पष्ट पुरा हुनु पर्नेछ ।
६. प्राप्त भएका कविताको छनौट प्रक्रिया क्रमशः उत्कृष्ट ५०, सर्वोकृष्ट २०, विशिष्ट १० कविता गरि विशिष्ट १० बाट विजेटा, उपविजेता छनौट हुनेछ । यसरी कविता तीन चरणमा छनौट हुनेछ । प्रत्येक चरणमा नयाँ कविता समावेश हुनुपर्नेछ ।
७. कविताको मुल्यांकन ७० प्रतिशत निर्णायकको आधारमा र ३० प्रतिशत आधिकारिक पेजमा पोस्ट भएको भिडियोमा आएको रियाक्ट शेयर, कमेन्ट, भ्यूज र अटोरेक्ट गणना गरिने छैन । पेजलाई अनिवार्य लाइक फलो गरेको हुनु पर्नेछ ।
८. कविता आधिकारिक संघीय लेखक मञ्च प्रवास मलेसिया पेजबाट प्रत्येक प्रतियोगीहरुको भिडियो अप्लोट भएको १० दिन सम्म मात्र मुल्यांकनको अवधी रहनेछ ।
९. कविता सम्प्रेषण गर्ने मिति सन् २०२१ जनवरी १ देखि जनवरी ३० तारिकसम्ममा आधिकारिक ठेगानामा पठाउनु पर्ने जनाएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;