१ लाख ८५ हजार राशीको खुल्ला अनलाईन अन्तराष्ट्रिय कविता प्रतियोगिता हुँदै

 लिम्बुवान न्युज
                       

दमक। संघीय लेखक मञ्च प्रवास मलेसियाले १ लाख ८५ हजार राशी पुरस्कार भएको अनलाइन कविता प्रतियोगिता गर्ने भएको छ ।
“अस्तित्व र पहिचानको निमित्त विश्वव्यापी खुल्ला अनलाईन कविता प्रतियोगिता २०७७” नाम दिईएको उक्त प्रतियोगितामा भाग लिन सबै पहिचानवादी लेखकहरुलाई अनुरोध गरेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास मलेसियाको जनसंगठनको रुपमा संघीय लेखक मञ्च प्रवास मलेसिया हालै मात्र गठन भएको संगठन हो । संगठनले भर्खरै जन्मिए पनि ठूलो प्रतियोगिता गर्नलागेकोमा प्रवास समिति मलेसियाले सक्दो सहयोग गर्ने जनाएको छ ।

उक्त कविता प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ सय एक र प्रमाणपत्र, द्वित्तीय पुरस्कार ५० हजार १ सय एक र प्रमाणपत्र, तृत्तीय पुरस्कार २५ हजार १ सय एक र प्रमाणपत्र त्यसैगरी सान्त्वना पुरस्कार १० हजार १ सय एक र प्रमाणपत्र राखिएको लेखक मञ्चका अध्यक्ष जनम लिङदमले बताएका छन् ।

उक्त प्रतियोगितामा सहभागीहरुले विभिन्न नौ वटा बुँदामा उल्लेखित नियमहरु अनिवार्य पालना गर्नु पर्ने छ । अन्यथा सो प्रतियोगितामा कविता समावेश नहुने पनि प्रकाशित सूचनामा उल्लेख गरेका छन् ।

१. कविता गद्य र पद्यको सिद्धान्तमा रहि कम्तिमा १ सय देखि बढीमा १ सय पचास शब्दमा देवनागरी लिपिमा हुनुपर्नेछ ।
२. कविता भाषा, भूगोल, जातीय अस्तित्व र पहिचानको भाव भएको हुनुपर्नेछ ।
३. कविता प्रकाशन भइसकेको जानकारी भएमा प्रतियोगिताको लागि मुल्यांकन गरिने छैन, नयाँ प्रतिभालाई प्राथमिकता दिइने छ ।
४. कवितामा ‘श्रृङगारिक कविता’लाई मान्यता दिईने छैन । कविता वाचन गर्दा क्यामारा वा मोवाइलले खिच्न सकिनेछ । भिडियो खिच्दा तेर्सो अथवा सिधा बनाएर खिच्नु पर्नेछ ।
५. कविता सम्प्रेषण गर्दा श्रव्यदृश्य र लिखित दुवैमा नाम ठेगाना स्पष्ट पुरा हुनु पर्नेछ ।
६. प्राप्त भएका कविताको छनौट प्रक्रिया क्रमशः उत्कृष्ट ५०, सर्वोकृष्ट २०, विशिष्ट १० कविता गरि विशिष्ट १० बाट विजेटा, उपविजेता छनौट हुनेछ । यसरी कविता तीन चरणमा छनौट हुनेछ । प्रत्येक चरणमा नयाँ कविता समावेश हुनुपर्नेछ ।
७. कविताको मुल्यांकन ७० प्रतिशत निर्णायकको आधारमा र ३० प्रतिशत आधिकारिक पेजमा पोस्ट भएको भिडियोमा आएको रियाक्ट शेयर, कमेन्ट, भ्यूज र अटोरेक्ट गणना गरिने छैन । पेजलाई अनिवार्य लाइक फलो गरेको हुनु पर्नेछ ।
८. कविता आधिकारिक संघीय लेखक मञ्च प्रवास मलेसिया पेजबाट प्रत्येक प्रतियोगीहरुको भिडियो अप्लोट भएको १० दिन सम्म मात्र मुल्यांकनको अवधी रहनेछ ।
९. कविता सम्प्रेषण गर्ने मिति सन् २०२१ जनवरी १ देखि जनवरी ३० तारिकसम्ममा आधिकारिक ठेगानामा पठाउनु पर्ने जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...