शिक्षकलाई अनिवार्य पोशाकः नलगाए भत्ता रोक्का

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले नियमित पठनपाठन शुरु गरेको छ । उक्त गाउँपालिकामा कार्यरत शिक्षकले तोकिएको पोशाक नलगाई विद्यालय गएको पाइएमा पोशाक भत्ता रोक्का गर्ने जनाएको छ ।

कोरोना भाइरसका कारण लकडाउन भएदेखि हालसम्म सो गाउँपालिकाले विद्यालय खोलेको थिएन । यस विसम परिस्थितिले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको हुँदा आजदेखि औपचारिक रुपमा विद्यालय खोल्ने निर्णय गरिएको पालिकाका प्रवक्ता थर्ककुमार चोङवाङले जनाएका छन् । स्वास्थ्य मापदण्डलाई पालना गर्दै पालिकाले सबै विद्यालयमा स्वास्थ्य सामाग्री उपलब्ध गराउने पनि उनले बताए ।

पालिकाले विहान कक्षा ८देखि १२ सम्मका विद्यार्थीको कक्षा संचालन गर्ने र ८ देखि तलका विद्यार्थीको दिउँसो कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । तोकिएको पोशाक शिक्षकहरुले अनिवार्य लगाएर मात्र विद्यालय जान र हाजिर गर्न शिक्षा शाखाका सहायक प्राविधिक अर्जुनकुमार घिमीरले बताए । पालिकाले शिक्षकहरुले पोशाक लगाए नलगाएको अनुगमन गर्ने छ यदि निर्णय उल्लंघन गरेको पाइएमा भत्ता कटौती गर्ने निर्णय गाउँपालिकाले गरेको बताए ।

हाल उक्त गाउँपालिकामा माध्यमिक विद्यालय पाँच वटा, निम्न माध्यमिक विद्यालय तीन वटा र आधारभूत विद्यालय २० वटा गरेर जम्मा २८ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...