फेदाप गाउँपालिकाले जेसिबि खरिदपछि सडक निर्माणमा तिव्रता

 लिम्बुवान न्युज
                       

तेह्रथुम। फेदाप गाउपालिकाले आफ्नो छुट्टै जेसिबी खरिद गरि गाउपालिका भित्रका विभिन्न स्थानहरुमा नयाँ तथा पुराना सडकहरुको निर्माण तथा मर्मत सम्भार कार्यको थालनी गरेको छ ।

फेदाप गाउपालिका वार्ड नं. १ देखी निर्माण कार्य सुरु गरि अहिले वार्ड नं. ५ मा सञ्चालन भइरहेको छ भने वडा नं. २,३ र ४ मा यस लगत्तै मर्मत संम्भार गरिनेछ ।
आर्थिक बर्ष २०७७र०७८ को बार्षिक बजेट कार्यक्रमबाट विनियोजित रु ४६ लाख मुल्यको जेसिबी खरिद गरिएको गाउपालिका अध्यक्ष हरिप्रसाद चोङबाङले जानकारी गराउनुभयो । गाँउपालिकाले आफ्नै जेसिबी खरिद गरि सञ्चालनमा ल्याए पछि स्थानीय बासी समेत हर्षित बनेका छन ।

सानातिना बाटो मर्मत संम्भार गर्न परे साहुको चर्को मुल्यमा जेसिबी चलाउनु पर्ने बाध्यता बाट मुक्त भएको फेदाप ५ निबासी समाजसेवी तिलबिक्रम हुक्पाचोङबाङ बताउनु हुन्छ ।

मुख्यत ग्रामीण क्षेत्रहरुमा बर्षायाममा प्रसस्तै पानी परि सबै सडकहरुमा पहिरो खसी बाटो संचालनमा समस्या आउने गर्दछ । यसरी समस्या आएपछि प्रत्येक स्थानका ग्रामीण क्षेत्रहरूमा सामान्यतया नियमित संचालन हुने समान ढुवानी गर्ने ट्याक्टरहरु संचालन बन्द भएका हुन्छन । सडक मर्मत पछि भने संचालनमा सहज बनेको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;