फेदाप गाउँपालिकाले जेसिबि खरिदपछि सडक निर्माणमा तिव्रता

 लिम्बुवान न्युज
                       

तेह्रथुम। फेदाप गाउपालिकाले आफ्नो छुट्टै जेसिबी खरिद गरि गाउपालिका भित्रका विभिन्न स्थानहरुमा नयाँ तथा पुराना सडकहरुको निर्माण तथा मर्मत सम्भार कार्यको थालनी गरेको छ ।

फेदाप गाउपालिका वार्ड नं. १ देखी निर्माण कार्य सुरु गरि अहिले वार्ड नं. ५ मा सञ्चालन भइरहेको छ भने वडा नं. २,३ र ४ मा यस लगत्तै मर्मत संम्भार गरिनेछ ।
आर्थिक बर्ष २०७७र०७८ को बार्षिक बजेट कार्यक्रमबाट विनियोजित रु ४६ लाख मुल्यको जेसिबी खरिद गरिएको गाउपालिका अध्यक्ष हरिप्रसाद चोङबाङले जानकारी गराउनुभयो । गाँउपालिकाले आफ्नै जेसिबी खरिद गरि सञ्चालनमा ल्याए पछि स्थानीय बासी समेत हर्षित बनेका छन ।

सानातिना बाटो मर्मत संम्भार गर्न परे साहुको चर्को मुल्यमा जेसिबी चलाउनु पर्ने बाध्यता बाट मुक्त भएको फेदाप ५ निबासी समाजसेवी तिलबिक्रम हुक्पाचोङबाङ बताउनु हुन्छ ।

मुख्यत ग्रामीण क्षेत्रहरुमा बर्षायाममा प्रसस्तै पानी परि सबै सडकहरुमा पहिरो खसी बाटो संचालनमा समस्या आउने गर्दछ । यसरी समस्या आएपछि प्रत्येक स्थानका ग्रामीण क्षेत्रहरूमा सामान्यतया नियमित संचालन हुने समान ढुवानी गर्ने ट्याक्टरहरु संचालन बन्द भएका हुन्छन । सडक मर्मत पछि भने संचालनमा सहज बनेको छ ।

सम्बन्धित समाचार

दमक कृष्णमन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

दमक, ३१ वैशाख । झापाकाे दमक–४ स्थित कृष्ण मन्दिर परिसरमा विद्यालक्ष्मी एजुकेसन फाउन्डेसनको आयोजनामा तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको सहकार्यमा एक दिने निशुल्क स्वास्थ्य प्रवर्द्धन शिविर सम्पन्न भएको छ। “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित ...

तेस्रो माइजोगमाई अध्यक्ष कपको उपाधि माङ्सेबुङलाई

दमक, ३१ वैशाख । माङ्सेबुङ गाउँपालिकाले तेस्रो माइजोगमाई अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।  बुधबार सम्पन्न फाइनल खेलमा देउमाई नगरपालिकालाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै माङसेबुङ च्याम्पियन बनेको हो । निर्धारित समय १–१ गोलको बराबरी पछि खेल टाइब्रेकरमा पुगेको थियो । दोस्रो हाफको ७औं मिनेटमा माङसेबुङका आशाङ लिम्बूले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको देउमाई २५औं मिनेटमा किरण...

निशुल्क १ महिने पेटानि (बाेन्हा) बुन्ने तालिमकाे समापन

अजित धिमाल उर्लावारी, ३१ वैशाख/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिकाे आयाेजनामा भएकाे निशुल्क १ महिने पेटानि (बाेन्हा) बुन्ने तालिम सम्पन्न भएको छ । धिमाल परियाेजना स्थल, उर्लाबारी-३, मंगलबारेमा आज एक कार्यक्रमकाे आयाेजना गरि तालिम...

माेर्चालाई सशक्त बनाउन माेरङ जिल्ला स्तरिय अभियान सन्चालन हुने

बेलबारी, ३० वैशाख / संयुक्त पहिचानवादी माेर्चालाई सशक्त बनाउन माेरङ जिल्ला स्तरिय अभियान सन्चालन हुने भएकाे छ । पहिचानवादी माेर्चा, जिल्ला संयाेजन समिति, माेरङकाे साेमबार बेलबारीमा बसेकाे बैठकले माेर्चालाई सशक्त बनाउन संगठन बिस्तार, अन्तरकृया, भेटघाटलाई...