काँकडभिट्टामा नाका खोल्न माग गर्दै चौथो चरणमा हस्ताक्षर सङ्कलन अभियान शुरु

,   लिम्बुवान न्युज
                       

  • भूमिका फियाक

मेचीनगर। नेपालको पूर्वी नाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका मेचीनगरका होटेल तथा पर्यटन व्यवसायी लगायतका अन्य व्यवसायीहरूले आइतबारदेखि चौथो चरणको आन्दोलन सुरु गरेका छन् ।

यस अघिका आन्दोलनमा सम्बन्धित पक्ष आफ्नो मागप्रति सकारात्मक नभएका कारण चौथो चरणको आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ । होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाले संयुक्तरुपमा आयोजना गरेको विरोध कार्यक्रममा अन्य उद्योगी व्यवसायीहरूले समेत साथ दिएका छन् ।

होटेल व्यवसायी र ट्राभल व्यवसायी संघको नेतृत्वमा चौथो चरण अन्तर्गत हस्ताक्षर अभियान सुरु गरिएको सम्बन्धित पक्षले जनाएको छ । काँकडभिट्टा बसपार्कमा सुरु हस्ताक्षर अभियानमा एक हजार बढीको हस्ताक्षर सङ्कलन गरी १ नम्बर प्रदेश सरकारलाई बुझाउने तयारी गरिएको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार गोपाल श्रेष्ठले बताउनुभयो ।

उहाँले विभिन्न व्यवसायीहरूको मागप्रति अब पनि समयमै सुनुवाइ नभए पुस १ गतेबाट आन्दोलनका कार्यक्रमलाई थप कडा पार्ने बताउनुभयो । तेस्रो चरणसम्मको शन्तिपूर्ण आन्दोलनमा सम्बन्धित पक्षको कानमा बतास नलागेपछि बाध्य भएर चौथो चरणको आन्दोलन रोज्नु परेको अध्यक्ष श्रेष्ठको भनाइ छ । यसअघि उनीहरूले विरोध प्रदर्शन ¥यालीदेखि स्थानीय सरकारलाई ज्ञापन–पत्र बुझाउनेसम्मका कार्य गरेका थिए ।

कोभिड–१९ को संक्रमण देखाएर लामो समयदेखि सरकारले गरेको सिमाबन्दका कारण पर्यटकको आवागमन ठप्प भएको जसका कारण नगरका हरेक व्यवसायीहरूले लाखौँ आर्थिक व्ययभार व्यहोर्नु परेको भन्दै अब सुरक्षा सावधानी अपनाएर पर्यटकको आवागमन सहज बनाउन नाका खुला गर्नुपर्ने माग उनीहरूको छ ।

नाकाबन्दीका कारण सर्वसाधारणले समेत सास्ती व्यहोर्नु परेको बताउँदै उनीहरूले काँकडभिट्टाको बजार भारतीय ग्राहकमा भर पर्ने भएकाले नाकाबन्दीका कारण भारतीयहरु आउन नपाउँदा व्यवसाय नै चौपट्ट बनेको व्यवसायीहरूको भनाइ छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;