काँकडभिट्टामा नाका खोल्न माग गर्दै चौथो चरणमा हस्ताक्षर सङ्कलन अभियान शुरु

 लिम्बुवान न्युज
                       

  • भूमिका फियाक

मेचीनगर। नेपालको पूर्वी नाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका मेचीनगरका होटेल तथा पर्यटन व्यवसायी लगायतका अन्य व्यवसायीहरूले आइतबारदेखि चौथो चरणको आन्दोलन सुरु गरेका छन् ।

यस अघिका आन्दोलनमा सम्बन्धित पक्ष आफ्नो मागप्रति सकारात्मक नभएका कारण चौथो चरणको आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ । होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाले संयुक्तरुपमा आयोजना गरेको विरोध कार्यक्रममा अन्य उद्योगी व्यवसायीहरूले समेत साथ दिएका छन् ।

होटेल व्यवसायी र ट्राभल व्यवसायी संघको नेतृत्वमा चौथो चरण अन्तर्गत हस्ताक्षर अभियान सुरु गरिएको सम्बन्धित पक्षले जनाएको छ । काँकडभिट्टा बसपार्कमा सुरु हस्ताक्षर अभियानमा एक हजार बढीको हस्ताक्षर सङ्कलन गरी १ नम्बर प्रदेश सरकारलाई बुझाउने तयारी गरिएको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार गोपाल श्रेष्ठले बताउनुभयो ।

उहाँले विभिन्न व्यवसायीहरूको मागप्रति अब पनि समयमै सुनुवाइ नभए पुस १ गतेबाट आन्दोलनका कार्यक्रमलाई थप कडा पार्ने बताउनुभयो । तेस्रो चरणसम्मको शन्तिपूर्ण आन्दोलनमा सम्बन्धित पक्षको कानमा बतास नलागेपछि बाध्य भएर चौथो चरणको आन्दोलन रोज्नु परेको अध्यक्ष श्रेष्ठको भनाइ छ । यसअघि उनीहरूले विरोध प्रदर्शन ¥यालीदेखि स्थानीय सरकारलाई ज्ञापन–पत्र बुझाउनेसम्मका कार्य गरेका थिए ।

कोभिड–१९ को संक्रमण देखाएर लामो समयदेखि सरकारले गरेको सिमाबन्दका कारण पर्यटकको आवागमन ठप्प भएको जसका कारण नगरका हरेक व्यवसायीहरूले लाखौँ आर्थिक व्ययभार व्यहोर्नु परेको भन्दै अब सुरक्षा सावधानी अपनाएर पर्यटकको आवागमन सहज बनाउन नाका खुला गर्नुपर्ने माग उनीहरूको छ ।

नाकाबन्दीका कारण सर्वसाधारणले समेत सास्ती व्यहोर्नु परेको बताउँदै उनीहरूले काँकडभिट्टाको बजार भारतीय ग्राहकमा भर पर्ने भएकाले नाकाबन्दीका कारण भारतीयहरु आउन नपाउँदा व्यवसाय नै चौपट्ट बनेको व्यवसायीहरूको भनाइ छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;