गौरीगञ्ज १ मा लिम्बुवान मञ्च गठन

 लिम्बुवान न्युज
                       

दमक। झापाको गौरीगञ्ज १ मा संघीय लिम्बुवान मञ्च, नेपालको वडा समिति गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञान बहादुर इम्बुङकाे प्रमुख उपस्थितिमा समिति गठन भएको हो ।

कृष्ण कुमार आङलाको अध्यक्षतामा २० सदस्यीय वडा कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा दुर्गा साउदेन, सचिवमा पुष्पा साउदेन, सहसचिवमा अरुण लिम्बु र अर्थसचिवमा विपना योङया चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा क्रमशः निला कुमारी लिम्बु, तुलसा मगर, विकल्प लिम्बु, जानुका राई, शनिल हस्ता, जित बहादुर बि.क., मौसम लिम्बु, तारा थेवे लिम्बु, गोपिन टुडु, पन्डित हस्ता, मानिस लिम्बु, नुमा योङया लिम्बु, विपन लिम्बु, बीर बहादुर लिम्बु र चन्द्र लिम्बु रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष इम्बुङ्ले नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै लिम्बुवान प्राप्तिको यात्रा कहिल्यै नरोकिने बताए । उनले भने अब देशमा आमूल परिवर्तन हुने बताउनु हुँदै अबको विकल्प संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत लिम्बुवान सहितको १०+१ प्रान्त स्थापना गर्नु हो ।

उक्त समिति गठन कार्यक्रममा लिम्बुवान भोलेन्टियर्सका सिनियर उपकमाण्डर सुमन सम्बाहाम्फे, जिल्ला सदस्य चक्र बहादुर खेवा लिम्बु, गाउँपालिका कार्यवाहक अध्यक्ष चन्द्र बहादुर साम्सोहाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;