गौरीगञ्ज १ मा लिम्बुवान मञ्च गठन

 लिम्बुवान न्युज
                       

दमक। झापाको गौरीगञ्ज १ मा संघीय लिम्बुवान मञ्च, नेपालको वडा समिति गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञान बहादुर इम्बुङकाे प्रमुख उपस्थितिमा समिति गठन भएको हो ।

कृष्ण कुमार आङलाको अध्यक्षतामा २० सदस्यीय वडा कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा दुर्गा साउदेन, सचिवमा पुष्पा साउदेन, सहसचिवमा अरुण लिम्बु र अर्थसचिवमा विपना योङया चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा क्रमशः निला कुमारी लिम्बु, तुलसा मगर, विकल्प लिम्बु, जानुका राई, शनिल हस्ता, जित बहादुर बि.क., मौसम लिम्बु, तारा थेवे लिम्बु, गोपिन टुडु, पन्डित हस्ता, मानिस लिम्बु, नुमा योङया लिम्बु, विपन लिम्बु, बीर बहादुर लिम्बु र चन्द्र लिम्बु रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष इम्बुङ्ले नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै लिम्बुवान प्राप्तिको यात्रा कहिल्यै नरोकिने बताए । उनले भने अब देशमा आमूल परिवर्तन हुने बताउनु हुँदै अबको विकल्प संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत लिम्बुवान सहितको १०+१ प्रान्त स्थापना गर्नु हो ।

उक्त समिति गठन कार्यक्रममा लिम्बुवान भोलेन्टियर्सका सिनियर उपकमाण्डर सुमन सम्बाहाम्फे, जिल्ला सदस्य चक्र बहादुर खेवा लिम्बु, गाउँपालिका कार्यवाहक अध्यक्ष चन्द्र बहादुर साम्सोहाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...