एक हप्ता भित्र उखु किसानलाई भुक्तानी दिन संघीय संसदको निर्देशन

 लिम्बुवान न्युज
                       

काठमाण्डौं। माइतीघर मण्डलामा एक हप्ता देखि उखु किसानहरु आन्दोलित भएपछि संघीय संसदले चासो दिएको छ । यो सँगै संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी सात दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

उक्त समितिको आज सिंहदरबारमा बसेको बैठकले सात दिन भित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले उखु कृषकलाई सात दिनभित्र भुक्तानी गराउने काम सम्पन्न गरी सोको विवरण समितिमा उपलब्ध गराउन निर्देशन मन्त्रालयलाई दिएका छन् । उनले भने, ‘उखु कृषकहरुको भुक्तानी ७ दिनभित्र उद्योग मन्त्रालयले उखु कृषकहरुलाई भुक्तानी गराउने व्यवस्था गर्ने र सोको प्रगति विवरण सहित अर्को हप्ता समितिलाई जानकारी गराउने ।’

यसैगरी समितिको उक्त बैठकले देशभरका श्रमिकहरुले पारिश्रमिक पाए नपाएको सम्बन्धमा अनुगमन र कारबाही गरी १५ दिन भित्रमा समितिमा प्रतिवेदन पेश गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय लगायतका साना दलहरुले पनि सरकारले आफ्नो रोहबरमा तुरुन्त कृषक र उद्योगी बिच भएको सहमतिलाई कार्यान्वयन गर्दै उखु किसानले पाउने रकम दिलाउन माग गरेको छ । सरकारले उखु किसान र उद्योगी बिच भएको सम्झौता कार्यान्वयन गर्न नसक्नु लज्जास्पद भएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

सम्बन्धित समाचार

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...