शिवसताक्षी ७ र ८ मा युमा साम्यो महासभा संयुक्त वडा तदर्थ समिति गठन

 लिम्बुवान न्युज
                       

दमक। झापाको शिवसताक्षी वडा नं. ७ र ८ को संयुक्त रुपमा युमा साम्यो महासभा नेपालको एक तदर्थ वडा समिति गठन भएको छ । झिलझिले सिर्जना चौकमा तुतु तुम्याहाङ् भगिश्वर मेन्याङ्बोको प्रमुख आतिथ्यतामा युमा साम्यो महासभाको तदर्थ समिति गठन भएको हो ।

याक्थुङ लिम्बु जातिको परम्परागत प्राचिन मुन्धुमी मौलिक पहिचान, संस्कार, संस्कृति, परम्परा, चालचलन आप्लुङ ताङ्सेप (संरक्षण) गर्नका लागि युमा साम्यो महासभा नेपाल शिवसताक्षी वडा ७ र ८ को समितिमा अम्बिका मेन्याङ्बोको अध्यक्षतामा एक संयुक्त तदर्थ समिति गठन गरिएको छ । त्यसैगरी साे सिमितकाे उपाध्यक्ष हर्क इजम, सचिव विरुहाङ मेन्याङ्बो, सह–सचिव पदम इजम, कोषाध्यक्ष आइत मेन्याङ्बो, सह–कोषाध्यक्ष मनु नाल्बो छन् । सदस्यहरुमा क्रमशः विजय इजम, हर्कबहादुर चङ्सु, मनोज साम्सुहाङ, कल्पना मेन्याङ्बो, सागर मेन्याङ्बो, मबिन इजम र बिसन साम्सुहाङ चयन भएका छन् ।

साथै सो कार्यक्रमले सल्लाहकार (तुम्याहाङ)को संयोजकमा भगिश्वर मेन्याङ्बो, सदस्यहरुमा शिवकुमार मेन्याङ्बो, होम इजम, छत्रबहादुर पालुङ्वा र सुकबहादुर इजम चयन गरेका छन् । समितिको संरक्षकमा दिलसिंह मेन्याङबो (हाल युके) रहनु भएको छ ।

उक्त कार्यक्रममा अतिथि एवं वक्ताका रूपमा युमा साम्यो महासभा नेपालका केन्द्रीय प्रतिनिधिहरूः भीमसेन लिङदम, आइत खजुम, योबाहाङ तुम्बाहाङ्फे, सुनसरी जिल्ला अध्यक्ष नेत्रप्रसाद सौदेन, मेन्याङ्बो कल्याण संघका अध्यक्ष दिपक मेन्याङ्बो, युमा साम्यो झापा जिल्ला अध्यक्ष टेकबहादुर योङहाङ, याक्थुङ भाषाप्रेमी एवं समाजसेवी अशोक नेम्बाङ, मुन्धुम अध्येता जितेन्द्रराज चेम्जोङ, स्थानीय जनप्रतिनिधिद्वयः वडा नं. ७ का वडाध्यक्ष जीवन इजम र वडा नं. ८ का वडाध्यक्ष केहरसिंह बस्नेत रहेका थिए ।

युमा साम्यो शिवसताक्षी नगर समितिका अध्यक्ष सुरज लक्समको सभापतित्वमा भएको उक्त कार्यक्रम युमा धर्म सम्बन्धी गीतहरूमा स्थानीय कलाकारहरूद्वारा तयार पारिएका नृत्यहरू र येबाहरूद्वारा येबालाङ प्रस्तुत गरिएका थिए ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;