देउमाई ५ मा युमा साम्यो महासभा समिति गठन

,   लिम्बुवान न्युज
                       

इलाम। इलामको देउमाई नगरपालिका ५ चिधुवामा युमा साम्यो महासभा तदर्थ समिति गठन भएको हो । शनिबार तुत्तु फेदाङमा दल बहादुर तुम्बाहाम्फेको अध्यक्षतामा भएको भेलाले वडा तदर्थ समिति गठन भएको हो ।

ढोग प्रसाद तुम्बाहाम्फेको अध्यक्षतामा ९ सदस्यीय युमा साम्यो महासभा वडा नं. ५ तदर्थ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा दल बहादुर तुम्बाहाम्फे, सचिवमा राजकुमार तुम्बाहाम्फे, कोषाध्यक्षमा चन्द्रमाया तुम्बाहाम्फे त्यसैगरी सदस्यहरुमा सागर तुम्बाहाम्फे, रणबहादुर तुम्बाहाम्फे, मन बहादुर तुम्बाहाम्फे, मनिता तुम्बाहाम्फे र शिवकुमार तुम्बाहाम्फे रहेका छन् ।

सोही भेलाले चार सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । भक्तबहादुर तुम्बाहाम्फेको संयोजकत्वमा अमर चेम्जोङ, इमानसिं तुम्बाहाम्फे, र आइतबहादुर फियाक सदस्य रहेका छन् । त्यसैगरी यमा साम्यो वचत उपसमितिको अध्यक्षमा रणबहादुर तुम्बाहाम्फे, सचिवमा राजकुमार तुम्बाहाम्फे, कोषाध्यक्षमा उर्मिला तुम्बाहाम्फे र सदस्यमा दिलकुमारी तुम्बाहाम्फे रहेका छन् ।

युमा साम्यो महासभाले आगामी ०७८ सालमा सम्पन्न हुने राष्ट्रिय जनगणनामा युमा धर्म लेख्न अपिल गर्दै आएको छ ।

 

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;