माङ्सेबुङ् १ पाटीगाउँमा सिंचाइ योजनाको शिलान्यास

 लिम्बुवान न्युज
                       

माङ्सेबुङ। इलाम जिल्लाको माङसेबुङ १ मा फूङखोला पाटीगाउँ सिंचाइ योजनाको एक कार्यक्रम बिच शिल्यानास भएको छ । माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्बाट शो सिंचाइ योजनाको आज शिल्यानास भएको हो ।

स्वीस सरकार विकास सहयोगमा साना सिंचाइ कार्यक्रम अन्तर्गत ४० प्रतिशत, संघीय सरकारको ३० प्रतिशत, स्थानीय सरकार गाउँपालिकाको २० प्रतिशत र स्थानीय उपभोक्ता जनसहभागिताको १० प्रतिशत सहभागिताबाट बन्ने उक्त सिंचाई निर्माणमा ३२ लाख १४ हजार दुईसय पैतालिस रुपैयाँ विनियोजन भएको गाउँपालिका अध्यक्ष इधिङ्गोले जनाएका छन् ।

सो फूङखोला पाटीगाउँ सिंचाई योजनाले वडा नं. १ का एकसय घरधुरी लाभान्वित हुनेछन् । साे क्षेत्रको करिब ३ सय रोपनी खेती योग्य जमिनमा सिंचाइ गर्न सकिने माङ्सेबुङ् गाउँपालिकाकाे कृषि शाखाले जनाएको छ ।

सम्बन्धित समाचार

शहीद मनिल तामाङको १४औं स्मृति दिवस मनाइयो

दमक, ७ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङ्को १४औं स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम गरि विविध स्थानमा मनाइएको छ । २०६५ चैत्र ६ गते प्रहरीको गोली लागि धुलाबारीस्थित क्याम्पसमा शहादत्ता प्राप्त गरेका शहीद तामाङ्को स्मरण गर्दै...

पहिचानवादीहरुको विराटनगरमा वृहत जनप्रदर्शन

विराटनगर, ५ चैत्र । कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै पहिचानवादी दल, संघसंगठानहरु आन्दोलनमा उत्रिएका छन् । पहिचान मेटाएर प्रदेशको नाम राखेको भन्दै असन्तुष्ट बनेका पहिचानवादी दल र संघसंगठनहरु आन्दोलनमा उत्रिएका हुन् । अघिल्लो प्रदेशसभामा...

लिम्बु कथानक चलचित्र ‘सुगुत्’को छायांकन सम्पन्न

काठमाडौ, ३ चैत्र । लिम्बु कथानक चलचित्र ‘सुगुत्’ को छायांकन सम्पन्न भएको छ । पान्थर, ताप्लेजुङका साथै भारतको आसाम लगायत विभिन्न ठाउँमा छायांकन गरि गत फागुन मसान्तमा सकिएको हो । चोक्फुङ इन्टरटेन्मेन्ट प्रा.लि. र खापुङ्...