वडावडामै अपाङ्गता परिचयपत्र वितरण गर्दैः माङसेबुङ गाउँपालिका

 लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिकाले वस्तीमै पुगेर अपाङ्गता परिचयपत्र वितरण शिविर संचालन गर्ने भएको छ ।

पालिकाले अपाङ्गता भएका व्यक्तिलाई सहज हुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र वितरण गर्न लागेको हो ।

पौष ८ देखि १३ गतेसम्म सबै वडामा विशेषज्ञ डाक्टरसहितको टोलिले सम्बन्धित वडामा नै गएर शिविर संचालन गर्दै अपाङ्गता परिचयपत्र वितरण गर्न लागिएको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । वडावडामा नै पुगेर अपाङ्गताहरुलाई परिचयपत्र विरतण संगै स्वास्थ्य जाँच गर्दा सेवाग्राहीलाई सहज हुने भएकाले शिविर संचालन गर्न लागिएको इदिङ्गोले बताए ।

गाउँपालिकाले ८ गते वडा नम्बर १ को वडा कार्यालय, ९ गते वडा नम्बर ३ को चतुरेमा, १० गते वडा नम्बर ४ को वडा कार्याला, ११ गते वडा नम्बर ५ को भालुटार, १२ गते वडा नम्बर ६ को चिसोपानी पंचमी बजार र १३ गते वडा नम्बर २ को वडा कार्यालयमा शिविर संचालन गर्ने जनाएको छ ।

शिविरमा यसअघि नै अपाङ्गता परिचयपत्र पाएकाहरुको परिचयपत्र प्रतिस्थापन गरेर नयाँ वितरण गरिने र नयाँ अपाङ्ता भएका व्यक्तिलाई नयाँ परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ । पालिकाको अनुसार फरक क्षमता भएका व्यक्तिलाई अपाङ्गताका आधारमा चार किसिमको परिचयपत्र वितरण गरिएको थियो ।
शिविरमा यसअघि नै अपाङ्गता परिचयपत्र पाएका व्यक्तिहरुलाई आफ्नो परिचयपत्र अनिवार्य ल्याएर आउन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...