भारतकाे विभिन्न राज्यहरूमा कर्फ्यु

 लिम्बुवान न्युज
                       

दमक। भारतमा कोरोना भाइरसको महामारी थप फैलिन नदिन विभिन्न राज्यहरुमा कर्फ्यु लगाइएको छ ।
दक्षिण पश्चिमी राज्य कर्नाटकमा रातको समयमा लागू हुने गरी कर्फ्यु लगाइएको छ । कर्नाटकमा आउँदो पुस १८ गतेसम्म लागू हुनेगरी हिजोदेखि नै कर्फ्यु सुरु भएको हो ।

कर्नाटकका स्वास्थ्यमन्त्री डाक्टर के सुधाकरले रातिको समयमा बाहिर निस्कने, हिँडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न आह्वान गर्नुभएको छ ।
यसअघि महाराष्ट्र राज्यले पनि कर्फ्यु लगाएको छ । महाराष्ट्रमा लगाएको कर्फ्यु आउँदो २१ गतेसम्म लागू हुनेछ ।

नयाँ वर्ष सन् २०२१ र क्रिसमसका बेला भीडभाड र चहलपहल बढ्ने भएकाले कोरोना महामारी थप फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी कर्फ्यु आदेश जारी गरिएको भारतीय विभिन्न संचार माध्यमहरुले जनाएका छन् ।

भारतमा कोरोना सक्रमितको संख्या एक करोड एक लाख नाघेको छ । सक्रमितमध्ये ९६ लाख ९२ हजार निको भएका छन् । भारतमा अहिलेसम्म एक लाख ४६ हजारभन्दा धेरैको संक्रमणबाट ज्यान गएको तथ्याङकमा देख्न सकिन्छ । (एजेन्सीको सहयोगमा)

सम्बन्धित समाचार

उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ समिति घोषणाः अध्यक्षमा एवीराज

दमक, २५ मंसिर । उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ तदर्थ समिति घोषणा भएको छ । बुधबार धरानस्थित गोर्खा होटलमा आयोजित कार्यक्रमले एवीराज आङदेम्बेको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति गठन भएको हो । नवगठित...

सरकार र जेनजि बिच १० बुदे सम्झौता: पुर्ण पाठसहित

ललितपुर, २४ मङ्सिर : सरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले...

पुर्वमा चार पहिचान पक्षधरको एकता घोषणा

दमक, २४ मङ्सिर । पहिचानको आन्दोलन गर्दै आएका चार राजनीतिक दलबीच एकीकरण भएको छ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पूर्व क्षेत्रमा पहिचान र अधिकारका मुद्दा उठाउँदै आएका चार दलबीचमा एकता भएको हो । आज झापाको...

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...