काँग्रेसले १३ गते संसद विघटनविरुद्ध प्रदर्शन गर्ने घोषणा

 लिम्बुवान न्युज
                       

काठमाडौं । देशकै पहिलो पार्टी नेपाली काँग्रेसले संसद विघटन विरुद्ध पुष १३ गते जनप्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्य समिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । प्रिधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तथा अलोकतान्त्रिक कदल चाल्दै संसद विघटन गरेकाले विरोध प्रदर्शन घोषणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

काँग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडल बिच आन्दोलनमा जाने नजाने भन्ने तर्क चलिरहेतापनि अन्ततः पौडल पक्षको जोडबलमा सभापति देउवा आन्दोलनमा जान तयार भएका हुन् ।

आज बिहान बसेको पौडेल पक्षीय केन्द्रीय सदस्यको भेलाले पार्टीलाई सडक संघर्षमा उतार्नु पर्ने निष्कर्ष निकालेका थिए । सोही अनुसार आजको बैठकले आन्दोलनमा जाने निर्णय लिइएको विशेष स्रोतबाट बुझिएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...