छथर गाउँपालिकाले सांस्कृतिक पर्वहरुमा दियो सार्वजनिक विदा

 लिम्बुवान न्युज
                       

  • प्रकाश पाक्सावा

तेह्रथुम। तेह्रथुम जिल्ला छथर गाउँपालिकाले स्थानीय चाडपर्वहरूमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले पौष ९ गते सार्वजनिक सुचना जारी गर्दै विभिन्न सांस्कृतिक पर्वको दिन विदा दिएको हो ।

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ११ फ (१) को ब्यावस्था, आ.व.०७७र०७८ को स्वीकृत नीति तथा कार्यक्रमको बुंदा नम्बर ४३ को व्याख्या र गाउँसभाको नीतिगत निर्णय अनुसार गाउँपालिका अध्यक्षको पत्रद्वारा आदेश बमोजिम स्थानिय विदा दिईएको सुचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाले राष्ट्रिय विदाले नसमेटीएका गाउँपालिका क्षेत्रभित्र मानिने प्रमुख पर्वहरू माघे सक्रान्ति (कक्फेक्वा तङनाम), उधौलि पर्व, कृष्मस डे, सोनाम लोसार, महाशिवरात्री पर्व, ग्याल्बो लोसारका लागि सार्वजानिक विदा दिएको छ ।

गाउँपालिका भित्र रहेका मेला पर्व, भाषा, कला, संस्कार संस्कृतिहरूको संरक्षण, प्रवद्र्धनका लागि प्रचलित कानुन अनुसार स्थानिय विदा दिएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...