मेरिङ्देनमा लिम्बुवान मञ्च गठन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ। ताप्लेजुङको मेरिङ्देनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको वार्ड कमिटी गठन गरेको छ । मेरिङ्देन गाउँपालिका समितिको आयोजनामा वडा नं. १ मा अम्बुहाङ एभेङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो ।

जिल्ला कार्य समिति भुपेन्द्र मावोको प्रमुख उपस्थितिमा भएको उक्त कार्यक्रमले अम्बुहाङ एभेङको अध्यक्षतामा २९ सदस्यीय समिति चयन गरिएको छ । समितिमा उपाध्यक्ष बृखबहादुर एभेङ र सुमित्रा राई एभेङ, सचिव राम एभेङ, सहसचिव शशिकला एभेङ, अर्थसचिव राजकुमारी एभेङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा जितबहादुर एभेङ, भीमबहादुर एभेङ, असन एभेङ, केबलकुमार एभेङ, बुद्धिबहादुर एभेङ, बीरध्वोज एभेङ, हर्कजित एभेङ , नरमाया एभेङ, सबिन एभेङ, पूर्णहाङ एभेङ, देविन्द्र एभेङ, सन्तोष एभेङ, आसवीर एभेङ, गजेन्द्रकुमार एभेङ, गजेन्द्रसिंह एभेङ, सलबहादुर एभेङ, बिर्ख फावेन, प्रकाश एभेङ, मिथुन एभेङ, मिलन एभेङ, किरण एभेङ, सोमबारी ओख्राबु र कमला एभेङ रहेका छन् ।

उक्त वार्ड समिति गठन कार्यक्रममा जिल्ला उपाध्यक्ष रुपा चोङ्वाङ, सचिव अशोक मादेन, युवा मञ्चका नेता सन्दिप लिवाङ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...