कियाचूद्वारा लछामी सेर्मा, थाकुहाङ मेरीङ र रवि सेर्मा पुरस्कृत हुँदै

 लिम्बुवान न्युज
                       

ललितपुर। किरात याक्थुङ् चुम्लुङ्ले तीन स्रष्टाहरुलाई चासोक तङ्नामको अवसर पारेर पुरस्कृत गरेको छ । लामो समयदेखि लिम्बु समुदाय प्रति आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई कियाचूले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

लिम्बु भाषा साहित्यमा कलम चलाई रहेका लेखक तथा सहित्यकार लछामी सेर्मा पापोलाई कियाचु इमानसिङ चेम्जोङ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

लेखक तथा सहित्यकार लछामी सेर्मा पापोलाई ‘येवोकरक’ कृतिबाट यस बर्षको इमानसिङ् चेम्जोङ् पुरस्कारबाट पुरस्किृत हुने भएका हुन् ।
उक्त पुरस्कार लेखक पापोलाई इतिहासकार इमानसिङ चेम्जोङको ११८ औं जन्मजयन्तीको अवसरमा प्रदान गरिएको हो ।

यसैगरी लामो समय देखि लिम्बु भाषा साहित्यमा लागिपर्नु भएका लेखक तथा सहित्यकार थाकुहाङ मेरिङ सङबाङफेलाई यस बर्षको कियाचु–किरात सिरीजंगा पुरस्कार प्रदान गरिने भएको छ ।
साहित्यकार मेरिङका हालसम्म ८ वटा कृतिहरु प्रकाशन भएका छन् । उक्त पुरस्कार तेअङ्सि सिरीजंगा सिं थेवेको ३१६औं जन्मजयन्तीको अवसरमा प्रदान गरिएको हो ।

थुप्रै म्यूजिक भिडियो तथा चलचित्रहरु निर्देशन गरिसकेका निर्देशक रणबिर सेर्मा(रवि)लाई यस बर्षको कियाचु उदयकला पुरस्कार प्रदान गरिने भएको छ । लिम्बु भाषाका गीत तथा चलचित्रहरुको सफल निर्देशन गरेका लिम्बुको निर्देशनमा बहुचर्चित चलचित्र ‘केःवा कोक्मा’ का बनेको छ ।

किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यसमितिको सचिवालयले लेखक तथा सहित्यकार लछामी सेर्मा पापोलाई कियाचु–इमानसिङ चेम्जोङ पुरस्कार, त्यसैगरी थाकुहाङ मेरिङ सम्बाहाम्फेलाई कियाचु–किरात सिरीजंगा पुरस्कार र रणविर सेर्मा (रवि)लाई यस बर्षको कियाचु उदयकला पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

साथै पुरस्कृत तीन श्रस्टाहरुलाई आदिवासी लिम्बू समुदायको राष्ट्रिय चाड चासोक तङनामको अवसरमा आज भर्चूअलबाट घोषणा गरि वितरण गरिने किरात याक्थुङ चुम्लुङको केन्द्रिय सचिवालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...