अहिलेसम्मकै ठूलो आईपिओ इन्फ्रास्ट्रक्चर बैंकले ल्याउँदै

 लिम्बुवान न्युज
                       

झापा। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले नेपाल इन्फ्रास्ट्रक्चर बैंक इक्रा एनपी आईआर ट्रीपल बी रेटिङ गरेको छ । इक्रा नेपालले दिएको उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ भने आगामी माघको पहिलो सातादेखि निष्कासन हुँदैछ ।

बैंकले कुल ८ करोड कित्ता लिमिटेडलाई निष्कासन गर्नेछ । जुन १०० रुपैयाँ अंकित दरका कुल ८ अर्ब रुपैयाँबराबरको हुनेछ । यो आईपीओ बैंकको चुक्तापुँजीको ४० प्रतिशतबराबर हुनेछ।बैंकमा ६० प्रतिशत हिस्सेदारी संस्थापक सेयरधनीको हुनेछ जसअनुसार १२ करोड कित्ता सेयर संस्थापक समूहको रहनेछ। सार्वजनिक निष्कासनपछि बैंकको चुक्तापुँजी २० अर्ब रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;