शेयर बजार आज यो बर्षकै उच्च विन्दुमा

 लिम्बुवान न्युज
                       

काठमाडौं। शेयर बजारको परिसूचक २५ अंकले बढेसँगै यो बर्षकै उच्च विन्दुमा पुगेको छ । आज सो अंकको वृद्धिपछि नेप्से २ हजार ८७ अंकमा पुगेको छ ।

कारोबार बन्द गर्ने समयसम्ममा कारोबार भएको हुँदा यो अंक अहिलेसम्मकै उच्च हो । केही दिन अघि मात्र नेप्सेले २ हजार ७९ अंकको उच्च रेकर्ड बनाएको थियो ।

आज ५ अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ४ अर्ब ४४ करोडको कारोबार भएको थियो । नेप्से बढ्नुमा बैंकिङ समूहको नै मुख्य भूमिका रह्यो । बैंक समूह ३० अंकले बढेको छ ।

त्यस्तै ब्यापार समूह १८७, होटल १, विकास बैंक १४, जलविद्युत ४, फाइनान्स ४, उत्पादन २, अन्य २३, जीवन बीमा समूह १७२ अंकले बढेका छन् । माइक्रोफाइनान्स समूह १ अंकमुनि हरियो रह्यो भने निर्जीवन बीमा समूह ९६ अंकले घटेको छ ।

आज साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत मूल्य कमाएका छन् । त्यस्तै एभरेष्ट बैंकको मूल्य ६.६ प्रतिशतले बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ३.७ प्रतिशतले घटेको छ ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...