लेटाङमा लिम्बुवान मञ्चको कार्यालय उदघाटन

 लिम्बुवान न्युज
                       

लेटाङ, १५ मंसिर । संघीय लिम्बुवान मञ्च, नेपाल लेटाङ नगर कार्य समितिको कार्यालय उदघाटन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा लिम्बुवान मञ्चकी उपाध्यक्ष प्रदेश नंं. १ की सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फेले गरेकि हुन् ।

नगर अध्यक्ष किशोर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा तुम्बाहाम्फेले रिवन काटेर कार्यालय उदघाटन गरेकी थिइन् । कार्यक्रममा प्रान्तीय सचिवालय सदस्य सुखबहादुर थेगिम, चौकीदार तामाङ, ललित सुब्बा, दिलु लिङ्देन लावती, जिल्ला अध्यक्ष जिवन खेवा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्गाय गरी लिम्बुवानमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई खादा र अविरजात्रा गरी पार्टीमा स्वागत गरिएको नेता राम माखिमले लिम्बुवान खबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

केर्खामा ‘सिसेक्पा तङनाम’ भव्य मनाइयाे

बसन्त राज सुब्बा कमल, झापा /  कमलस्थित केर्खा बजारमा याक्थुङ/लिम्बु जातिको मौलिक चार्ड सिसेक्पा तङनाम कार्यक्रम भव्यरूपमा सम्पन्न भएकाे छ ।  साउन २ गते याक्थुङ /लिम्बु जातिको मौलिक चार्ड " सिसेक्पा तङनाम" साउने संक्रान्ती २०८२...

अप्पर तमोर जलविद्युत निर्माण स्थलमा स्थानीयको प्रदर्शन

दमक, ३ असार । ताप्लेजुङ जिल्ला फक्ताङलुङस्थित लिङखिममा निर्माणाधीन अप्पर तमोर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीयले विरोध गर्दै प्रदर्शन गरेका छन् । शुक्रवार प्रभावित क्षेत्रका बासिन्दाले उक्त आयोजनाको काम रोक्नुपर्ने माग गर्दैे प्रदर्शन गरेका हुन्...

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।