घरेलु टिम माङसेबुङलाई आत्मानन्द कप उपाधि

 लिम्बुवान न्युज
                       

माङसेबुङ, १७ मंसिर । इलामको माङसेबुङमा जारी १४औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिताको उपाधि घरेलु टिम माङसेबुङ गाउँपालिकाले चुमेको छ । शुक्रबार भएको फाइनलमा बिबिएफसी दमक झापालाई सडेन डेथमा पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो ।

निर्धारित समयमा गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत ४–४ गोलको बराबरी भएपछि सडेन डेथको आधारमा विजेता निर्धारण भएको थियो ।

सुरुदेखि नै विपक्षीलाई दवावमा राख्न सफल भएको दमकले गोल गर्न नसकेपछि उपविजेतामा नै चित्त बुझाउन बाध्य बन्यो । दोश्रो हाफको १२औं मिनेटमा माङसेबुङका गोलरक्षक आयुस लिम्बूले रेडकार्ड पाएर बाहिरिएपछि ८ खेलाडीमा सीमित माङसेबुङलाई झापालाई दवावमा राखेपनि गोल गर्न सकेन । रक्षात्मक नीति अपनाएको खेलेको माङसेबुङले निर्धारित समयसम्म खेल बराबरीमा रोक्न सक्नु नै माङसेबुङका लागि जितको आधार तय भएको थियो ।

जितसँगै माङसेबुङले नगद ३ लाख १ सय ६८ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता दमकले नगद २ लाख १ सय ६८ रुपैयाँमा चित्त बुझाएको छ ।

त्यस्तै उत्कृष्ठ गोलरक्षक विजेता टिमका आयुस लिम्बू, उत्कृष्ठ डिफेण्डर विजेताकै रोनिस राई, उत्कृष्ठ खेलाडी विजेताकै प्रविन राई र सर्वाधिक गोलकर्ता उपविजेता टिमका किस्मत लिम्बू घोषित भए ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं जन्मोत्सवका अवसरमा ११ मंसिरदेखि संचालित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...