लिम्बुवान मञ्च दमक ६ अध्यक्षमा विना आङदेम्बे

 लिम्बुवान न्युज
                       

दमक, १७ मंसिर । संघीय लिम्बुवान मञ्च, नेपाल दमक वडा नं. ६ मा वडा समिति गठन भएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा बिना आङदेम्बेको अध्यक्षतामा समिति गठन भएको हो ।

मञ्चका प्रान्तीय सचिव धनराज सुब्बाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा आङदेम्बेको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा हेमेन लावती, सचिवमा नविन राई, सह–सचिवमा गणेश ढकाल चयन भएका छन् भने सदस्यहरुमा सम्झना लिम्बु, लक्ष्मी लिम्बु, सपना ठाकुर, सुमन कुरुम्बाङ, मैया श्रेष्ठ, अञ्जु माझी, दिपा लिम्बु, मनोज तामाङ र रमा केरुङ चयन भएका छन् । अर्थ सचिव पद भने अहिले खाली रहेको नगर सचिव सुखबहादुर सोदेम्बा बताए ।

कार्यक्रममा प्रान्तीय सदस्य कविन्द्र सेर्मा, दमक नगर अध्यक्ष याम लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको नगर सचिव सोदेम्बाले बताए ।

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...