झापा गोल्डकप फागुनमा हुने

,   लिम्बुवान न्युज
                       

बिर्तामोड, २० मंसिर । मोफसलकै प्रतिष्ठित झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन अन्तिम साता हुने बताइएको छ । यसका लागि आयोजक झापा गोल्डकपले तयारी सुरु गरेको जनाएको छ ।

आज (सोमबार) गोल्डकप समितिको बिर्तामोडमा सम्पन्न बैठकले चौथो गोल्डकप भएको दुई वर्षपछि पाँचौँ संस्करणको झापा गोल्डकप आयोजना गर्ने निर्णय गरेको हो । कोभिडका कारण २०७६ र २०७७ सालमा प्रतियोगिता हन सकेको थिएन ।

काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबल हबको रुपमा विकसित गराउने उद्देश्यकासाथ झापा गोल्डकप हुँदै आएको छ ।

बैठकले यही फागुन २१ गतेदेखि ३० गतेसम्म प्रतियोगिता गर्ने प्रस्ताव गरे पनि अखिल नेपाल फुटबल संघ एन्फा सँगको परामर्शमा मिति टुंग्याइनेछ । यसका लागि गोल्डकपका परिकल्पनाकार जलकुमार गुरुङलाई सम्पूर्ण जिम्मा दिइएको छ ।

गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउने यसअघिकै राशिलाई निरन्तरता दिइने भएको छ ।

प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लब, नेपालका र विदेशीसहित १० वटा टिमको सहभागिता रहनेछ ।

बैठक गोल्डकपका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगिता झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;