एल.भी. लिम्बुवान आन्दोलनको अभिन्न अङ्ग हो– लिङदेन

 लिम्बुवान न्युज
                       

 

मिक्लाजुङ् ,२१ मंसिर ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले लिम्बुवान भोलेन्टियर्स भनेको लिम्बुवान आन्दोलनको अभिन्न अङ्ग भएको बताएका छन् ।

मोरङको मिक्लाजुङस्थित धोवेनीमा लिम्बुवान भोलेन्टियर्स केन्द्रीय कमाण्डको तेस्रो विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेन सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि लिङदेनले लिम्बुवानको मुद्दालाई संस्थागत गर्ने क्रममा भएको उपलब्धीको मुख्य श्रेय नै भोलेन्टियर्सलाई जाने बताए । भोलेन्टियर्स बनाउने की फोर्स बानाउने भन्ने लामो बहस पछि लिम्बुवान मञ्चको माहतमा रहने युवा दस्ता एल.भी. बनाइएको खुलासा गर्दै भने केही साथीहरुले विभिन्न नामहरु प्रस्ताव गर्दै एलभी बनाउन नहुने तर्क राखेका थिए ।

यसैगरी कार्यक्रममा बिशिष्ट अतिथि बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ, उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, प्रान्तीय महासचिव अशोक चेम्जोङ, प्रान्तीय उपमहासचिव तथा मोरङ इन्चार्ज दिलकुमार लावती, प्रान्तीय सचिवालय सदस्य दिलु लिङदेन लावती, मोरङ जिल्ला अध्यक्ष जीवन खेवा लगायत नेताहरुले एलभीको राष्ट्रिय भेलामा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नौ जिल्लाका ५० केन्द्रीय कमाण्डर र फिल्ड कमाण्डर एकसयको हाराहारीमा सहभागी भएका छन् । कार्यक्रम लिम्बुवान भोलेन्टियर्स केन्द्रीय कमाण्डर थाङसाङ लावतीको सभाध्यक्षतामा भएको छ । कार्यक्रमको संचालन उपकमाण्डर विकास मगरले गरेका थिए भने स्वागत मन्तव्य केन्द्रीय सिनियर कमाण्डर सन्तोष तुम्बापोले गरेका थिए ।

बिस्तारित भेलाले आजै नयाँ कमाण्ड गठन गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...