लिम्बुवान अध्यक्षमा लिङदेन, पदाधिकारीमा ३४ सदस्यीय चयन

 लिम्बुवान न्युज
                       

विजयपुर, धरान । संघीय लिम्बुवान मञ्च, नेपालको तेस्रो प्रान्तीय अधिवेशनले दोस्रो कार्यकालको लागि अध्यक्षमा पुनः कुमार लिङ्देन मिराकलाई सर्वसहमतिमा निर्वाचित गरेको छ । अधिवेशनले ३४ सदस्यीय पदाधिकारी चयन गरेको छ ।

गत मंसिर २४ र २५ गते सम्पन्न तेस्रो प्रान्तीय अधिवेशनले सर्वसहमतिमा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा ज्ञान बहादुर लिम्बु, चन्द्र खापुङहाङ लिम्बु, अम्बर बहादुर पन्धाक, कृष्ण तुम्बाहाम्फे, आइदेव राई, थाङसाङ लावती, शान्ता योङहाङ, इन्द्रकुमारी लिम्बु –इन्दीरा), विष्णुमाया थापा भट्टराई चयन भएका छन् ।

त्यसैगरी महासचिवमा दिलकुमार लावती, भानु भट्टराई र लक्ष्मी मावो निर्वाचित भएका छन् । महासचिव लावतीले लिम्बुवानको प्रशासन विभाग चलाउने चर्चा चलेको छ । पार्टीको संचार विभागलाई कुसलतापूर्व संचालन गर्दै आएका लावती लिम्बुवानको युवाहरु नेताहरुमा चर्चित छन् ।

समितिका उपमहासचिवहरुमा दिपेन्द्र चेम्जोङ (लावाहाङ), मान बहादुर साँवा, गजेन्द्रमान चोङबाङक्याक, भुपेन्द्रसुन्दर लावती, धनराज सुब्बा, पूर्णकला तेयुङ, प्रेमकुमार लावती रहेका छन् । त्यसैगरी सचिवहरुमा शंकर लिम्बु खेवा, रामचन्द्र थापा मगर, राजु राई, भक्तबहादुर लिम्बु, भिम सुनुवार, मुक्साम लाबुङ, सुनिता केरुङ, मेलिना मादेन (रीता), दिलु लिङ्देन लावती, धनबहादुर पन्धाक, काजीमान ओख्राबो, सन्तोष तुम्बापो र मोहन मावो निर्वाचित भएका छन् ।

यसैगरी अधिवेशनले लिम्बुवान मञ्चको एकसय ५१ सदस्यीय कार्य समिति चयन गरेको छ भने पैतीस सदस्यीय पहिचान समिति गठन गरेको महासचिव लावतीले लिम्बुवान खबरलाई जनाएका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...