दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
धरान, सुनसरी ३ पौष । साङ्वा वंश उत्थान संघ सुनसरी शाखाको प्रथम साधारण सभा धरानमा सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष दिल साङ्वाले सभालाई उद्घाटन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि साङवाले सम्बोधन गर्दै भने –मजबुत र सक्षम साङ्वा समुदाय निर्माणको लागि एक भएर अघि बढनु पर्ने र समुदायसँग भूगोल, भाषा, संस्कृति, धार्मिक विश्वास, साहित्य, इतिहास लगायतका विषयवस्तुहरु हुन्छन, जुन साङ्वा समुदायसँग पनि छ ।
उनले थप भने वंशावली निर्माणको सन्दर्भमा साङ्वा वंशावलीले जसलाई दस्तावेजीकरण गर्न सक्नु पर्दछ । जसले सामुदायिक विकासमा टेवा पुर्याउनुका साथै उक्त सामुदायिक विकासले राष्ट्र बलियो हुने बताएका छन् ।
साङ्वा वंश उत्थान संघ जिल्ला समिति सुनसरीका अध्यक्ष वुध्द प्रसाद साङ्वाको अध्यक्षतामा सम्पन उक्त कार्यक्रममा झापा जिल्ला समितिका अध्यक्ष प्रेम साङ्वा झापा जिल्ला सदस्य जीत बहादुर साङ्वा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सुनसरी जिल्लाको विभिन्न क्षेत्रमा वसोवास गर्ने साङ्वाहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन मोहन साङ्वाले गरेका थिए भने स्वागत मन्तव्य सदस्य प्रेम साङ्वाले राखेका थिए ।
कार्यक्रममा सचिव हिमाल साङ्वाले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष धनशेर साङ्वाले प्रस्तुत गरेका थिए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...