भिसी प्रतिष्ठानको अध्यक्षमा मोहनमाङ थेवे निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, १० पुष । दमक–६ स्थित किरात युमा माङ्गहिम तथा क्या. भिसी राम बहादुर बेघा लिम्बू प्रतिष्ठानको तेस्रो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले मोहनमाङ थेवेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

शनिबार माङहिमको सभाहलमा भएको कार्यक्रमले सर्वसम्मत निर्वाचित गर्दै उपाध्यक्षमा मोहन बेघा, सचिवमा भिम राज बेघा, सहसचिवमा कबिन्द्र सेर्मा, कोषाध्यक्षमा मनकुमारी पन्दाक बेघा र सहकोषाध्यक्षमा पदम बेघा चुनिएका छन् ।

यसैगरि सदस्यहरु दरबार सिंह तुम्बाहाम्फे, उदिमान तुम्रोक, गंगा प्रसाद पाहिम, दलबिर शेर्मा, तिल बहादुर शेर्मा, मन कुमारी बेघा साम्यू, कुल बहादुर लिङदेन, ओम माया आङदेम्बे, तिलक सिंह बेघा, लक्ष्मी प्रसाद बेघा, प्रतिमा सेवा इङ्बुङ, भुपेन्द्र बेघा रहेका छन् । यसैगरि अधिवक्ता दिल बहादुर इङनामलाई कानुनी सल्लाहकार र हस्त बहादुर बेघा, गुमान सिंह सम्बाहाम्फे, यादब सिंह बेघा, देबेन्द्र चेम्जोङ्ग र पृथी बहादुर बेघा रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको जनाईएको छ ।

प्रतिष्ठानका संरक्षक हनेरी क्याप्टेन भिसी राम बहादुर बेघा लिम्बूको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा भिसी बेघाकी धर्मपत्नी संरक्षक पुनिमाया चाम्लिङ्ग राई बेघा, अधिवक्ता दिल बहादुर इङ्नाम, दमक प्रज्ञा प्रतिष्ठानका सचिव बिष्णु न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष सुबेदार हस्त बहादुर बेघाको अध्यक्षतामा र भिमराज बेघाको संचालनमा भएको थियो । माङहिमलाई सहयोग पु¥याउनु हुने महानुभावलाई कार्यक्रममा सम्मान पनि गरिएको सचिव बेघाले बताएका छन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...