साङ्वा वंश उत्थान संघ केन्द्रीय समितिको प्रथम साधारणसभा सम्पन्न

 लिम्बुवान न्युज
                       

साङ्वा वंश उत्थान संघ केन्द्रीय कार्य समितिको प्रथम साधारण सभा तेह्रथुमको छथरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिल साङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साङ्वा वंश उत्थान संघ झापा, धनकुटा, पाँचथर समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगेन साङ्वाले २,६१६५६ वरावरको आय व्यय प्रस्तुत गर्नुभएको थियो भने संस्थागत प्रतिवेदन दिल साङ्वाले प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा दिल साङ्वाको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ समितिको उपाध्यक्षमा टोम साङ्वा महासचिव नगेन साङ्वा, गोविन्द साङबा र कोषाध्यक्षमा मन कुमारी साङ्वा चयन हुनुभएको छ । साथै कर्णलाल साङ्वाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गरिएको छ ।

झापा जिल्ला अध्यक्ष प्रेम साङ्वा, पान्थर जिल्ला सचिव ओमराज साङ्वा, धनकुटा जिल्ला अध्यक्ष धनविर साङ्वा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव गोविन्द साङ्वाले गर्नु भएको थियो ।

सभामा बोल्दै दिल साङ्वाले भन्नुभयो संस्थाको काम वंशावली बनाउने मात्र होइन तर वंशावलीको काम पहिलो चरणमा सम्पन्न गर्नुपर्ने भएकोले आगामी एक वर्षभित्र साङ्वा वंशावलीको पहिलो संस्करण प्रकाशन गरिसक्ने, यसको लागि नामावली संसोधन र साङ्वा इतिहास लेखन कार्य अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...