दमक कांग्रेसद्वारा १४औं महाधिवेशनमा निर्वाचित नेताहरुलाई बधाई ज्ञापन

 लिम्बुवान न्युज
                       

दमक, १५ पुस । नेपाली कांग्रेस दमकले १४ औं महाधिवेशनमा उपल्लो तहमा निर्वाचित नगरका नेताहरुलाई सामूहिक रुपमा बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

पार्टीका नगर सभापति प्रकाश प्रसाइँको सभापतित्व र नवनिर्वाचित केन्द्रीय सदस्य सांसद महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यमा विहिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचित प्रदेश, जिल्ला, क्षेत्रीय र प्रदेश सभातर्फका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई शुभकामना दिएको हो ।

दमकबाट प्रदेश समितिको सदस्यमा चन्द्रा खडका भट्टराई, भुमिराज राई, जिल्ला उपसभापतिमा शेरबहादुर भट्टराई, महाधिवेशन प्रतिनिधिद्धय सुरेश सुब्बा र डा. नेत्र बुढाथोकी, जिल्ला सदस्यहरु, क्षेत्र नं ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्र (ख) का सभापति रवि केसी न्यौपाने लगायत दर्जन बढी नेताहरुहरुलाई सामूहिक रुपमा बधाई तथा शुभकामना दिइएको पार्टीका नगर सचिव रामचन्द्र अधिकारीले जानकारी दिए ।

त्यस्तै, दमकबाट पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएकी लिम्बूलाई समेत कांग्रेसले बधाई शुभकामना दिएको थियो । पार्टीका नगर उपसभापति प्रेम भट्टराईले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा महाधिवेशन प्रतिनिधि एवं नेता सुरेश सुब्बा, निवनिर्वाचित जिल्ला उपसभापति भट्टराई, क्षेत्रीय सभापति भण्डारी लगायतले मन्तव्य राख्दै अधिवेशन सकिएसंगै सबै तहमा पार्टीको नयाँ नेतृत्व चयन भइसकेकाले अब कांग्रेस एक ढिक्का भएर सबै तहका आगामी निर्वाचनहरुमा विजयीको झण्डा फहराउने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव दिपेश दाहालले गरेका थिए ।

दमक ३ निवासी कांग्रेसका कृयाशिल सदस्य रमेश पौडेलले कांग्रेस दमकलाई १ लाख ५० नगद सहयोग गरेका छन् । पार्टी कार्यालय व्यवस्थापनमा सहयोग पुरयाँउन दाता पौडेलले नगर सभापति प्रकाश प्रसाईलाई उक्त सहयोगको चेक हस्तान्तरण गरे ।

यसैगरि, फ्रष्ट लिंक इन्टरनेटले पनि कांग्रेस दमकको पार्टी कार्यालयलाई प्रविधि मैत्री बनाउन इन्टरनेटको सुविधा निशुल्क उपलव्ध गराएको नगर सचिव दिपेश दाहालले बताए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...