दमक कांग्रेसद्वारा १४औं महाधिवेशनमा निर्वाचित नेताहरुलाई बधाई ज्ञापन

,   लिम्बुवान न्युज
                       

दमक, १५ पुस । नेपाली कांग्रेस दमकले १४ औं महाधिवेशनमा उपल्लो तहमा निर्वाचित नगरका नेताहरुलाई सामूहिक रुपमा बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

पार्टीका नगर सभापति प्रकाश प्रसाइँको सभापतित्व र नवनिर्वाचित केन्द्रीय सदस्य सांसद महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यमा विहिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचित प्रदेश, जिल्ला, क्षेत्रीय र प्रदेश सभातर्फका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई शुभकामना दिएको हो ।

दमकबाट प्रदेश समितिको सदस्यमा चन्द्रा खडका भट्टराई, भुमिराज राई, जिल्ला उपसभापतिमा शेरबहादुर भट्टराई, महाधिवेशन प्रतिनिधिद्धय सुरेश सुब्बा र डा. नेत्र बुढाथोकी, जिल्ला सदस्यहरु, क्षेत्र नं ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्र (ख) का सभापति रवि केसी न्यौपाने लगायत दर्जन बढी नेताहरुहरुलाई सामूहिक रुपमा बधाई तथा शुभकामना दिइएको पार्टीका नगर सचिव रामचन्द्र अधिकारीले जानकारी दिए ।

त्यस्तै, दमकबाट पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएकी लिम्बूलाई समेत कांग्रेसले बधाई शुभकामना दिएको थियो । पार्टीका नगर उपसभापति प्रेम भट्टराईले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा महाधिवेशन प्रतिनिधि एवं नेता सुरेश सुब्बा, निवनिर्वाचित जिल्ला उपसभापति भट्टराई, क्षेत्रीय सभापति भण्डारी लगायतले मन्तव्य राख्दै अधिवेशन सकिएसंगै सबै तहमा पार्टीको नयाँ नेतृत्व चयन भइसकेकाले अब कांग्रेस एक ढिक्का भएर सबै तहका आगामी निर्वाचनहरुमा विजयीको झण्डा फहराउने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव दिपेश दाहालले गरेका थिए ।

दमक ३ निवासी कांग्रेसका कृयाशिल सदस्य रमेश पौडेलले कांग्रेस दमकलाई १ लाख ५० नगद सहयोग गरेका छन् । पार्टी कार्यालय व्यवस्थापनमा सहयोग पुरयाँउन दाता पौडेलले नगर सभापति प्रकाश प्रसाईलाई उक्त सहयोगको चेक हस्तान्तरण गरे ।

यसैगरि, फ्रष्ट लिंक इन्टरनेटले पनि कांग्रेस दमकको पार्टी कार्यालयलाई प्रविधि मैत्री बनाउन इन्टरनेटको सुविधा निशुल्क उपलव्ध गराएको नगर सचिव दिपेश दाहालले बताए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;