प्रेस सेन्टर नेपालको झापा अध्यक्षमा पुष्प खड्का निर्वाचित 

 लिम्बुवान न्युज
                       

दमक, १३ पाैष । प्रेस सेन्टर नेपालको १० औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
यसैगरी समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारीको नाम सर्वसम्मत चयन गरेको हो ।
त्यसैगरी टिकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा चयन गरिएको छ। समिति पछि २ सदस्यीय थप गर्ने गरी ११ सदस्यीय समिति चयन गरेको हो।
अधिवेशनले डण्डिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ ।
कार्यक्रममा पत्रकार राजन साम्पाङ प्रेस सेन्टर नेपालमा प्रवेश गरेको छन् । साम्पाङलाई प्रमुख अतिथि एबम् अतिथिहरुले खादा अबिर लगाएर स्वागत गरेका थिए । साथै कार्यक्रममा नेपाल पत्रकार महासंघ झापामा निर्वाचित कार्यसमितिका पदाधिकारी सचिव राजु पाठक र सदस्य सन्तोष शर्मालाई सम्मान गरेको छ ।
नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु आचार्य (अग्नि) को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पार्टी केन्द्रीय कमिटी सदस्य भवानी दङ्गाल, प्रेस सेन्टर नेपालका सचिवालय सदस्य दिपिन राई, केन्द्रिय कमिटी सचिब बिमल लामिछानेले प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य लीलाराज खड्का, प्रदेश उपाध्यक्ष डण्ढिराज घिमिरेले नवगठित समितिलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नवप्रवेशी राजन साम्पाङले आफूले प्रेस सेन्टर नेपालमै प्रवेश हुनुको कारणसहित मन्तव्य राखेका थिए ।
राजु पाठकको अध्यक्षमा सम्पन्न अधिवेशनमा सचिब खड्काले साङ्गाठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष खड्काले संगठनले निर्माण गरेको डि-कौडिन्य अक्षयकोषको अभियानलाई निश्कर्षमा पुर्याउनेसहित वार्षिक कार्ययोजना बनाएर अघि बड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बिमल लामिछानेले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन पुष्प खड्काले गरेका थिए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...