दमकमा सुविधायुक्त “होटल नर्वदा” संचालनमा आयाे

 लिम्बुवान न्युज
                       

दमक। दमकका युवा उद्यमी रुपक दाहालले दमक ४ को कृष्णमन्दिरमा दमककै सुविधा युक्त होटल नर्वदा संचालनमा ल्याएका छन् ।

संचालकः रूपक दाहाल

विगत ५ बर्ष देखि निर्माण शुरु भएको होटल एक कार्यक्रम बिच बुधबार उद्घाटन गरी संचालनमा आएको हो । १९ वटा डिलक्स रुप सहितको सो होटल स्टार होटलले दिने सुविधा सहित शुरु भएको संचालक दाहालले बताए ।

रेष्टुरेण्ट, बार र हलको समेत सुविधा भएको उक्त होटलमा पार्किङ्को राम्रो सुविधा हुनुका साथै चाडै नै चिल्डेन पार्क र स्वीमिङ् निर्माण गरिने संचालक दाहालले बताए । उनले– दमकमा एकान्तमा गएर शान्त वातावरणमा स्टार लेवलको होटलले दिने सुविधा कतै नभएको दावी गर्दै यस होटलले त्यो सुविधा दिने बताए । त्यसैगरी उनले सस्तो र पारिवारिक वातावरणमा स्टार लेभलको सुविधा दिन सकिने समेत बताए ।

दमक देशकै मुटु भएको हुँदा यहाँ अर्बौका प्रोजेक्टहरु भ्यू टावर, बुद्धको मुर्ती औधोगिक कोरिडोर ल्गायतका महत्वपूर्ण योजनाहरुलाई लक्षित गर्दै सुविधा युक्त होटल निर्माण गरेको बताउनु हुने दाहालले करिब ५ करोडको लागतमा होटल संचालनमा ल्याएका हुन् ।

सम्बन्धित समाचार

सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि

दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...

भाषा आयोग र कियाचु बिच याक्थुङ/लिम्बु भाषा कार्यान्वयनमा समन्वयका लागि छलफल

ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. १ मा याक्थुङ/लिम्बु...

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...