गौतमबुद्ध अन्तर्राराष्ट्रिय रंगशालाको काम दसैँमा नि निरन्तर

 लिम्बुवान न्युज
                       

चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम दसैँ विदामा पनि निरन्तर भइरहेकाे छ ।

रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनले दसैँंको समयमा समेत करिव १ सय ५० जना कामदार निर्माणमा खटिरहेकाे जनाएकाे छ ।

अध्यक्ष सीताराम कट्टेल धुर्मसले कामदारको चाहनाअनुसार नै दसैँको अवधिमा पनि काम गर्न लागिएको बताए । ‘हामीसँग भएका कामदारमध्ये कतिपय दसैँंका लागि घर जानुहुन्छ । अहिलेको परिस्थिति र निर्माण कार्यको अवस्थालाई मध्यनजर राख्दै सबैसँग प्रतिक्रिया माग्दा धेरै जसोले रंगशाला उभ्याएर मात्रै घर जाने बताएपछि काम सञ्चालन गर्न लागिएको हो,’ कट्टेलले भने ।

रंगशालामा अहाेरात्र खटिरहेका सबै मजदुर तथा कर्मचारीहरूलाई टीका लगाएर यहीँ दसैँं मनाउने धुर्मसले बताए ।

२०७६ चैत ११ गते लकडाउन सुरु भएपछि करिब डेढ महिना काम रोकिए पनि २०७७ वैशाख २० गतेदेखि ३० जना कामदारबाट निर्माणको काम पुनः सुरु गरेको थियो । हाल २ सय ३३ जना मजदुर कार्यरत रहेकाे अध्यक्ष कट्टेलले भने ।

रंगशालाको ३ सय ६० वटा पिल्लरमध्ये २ सय वटा पिल्लर ठड्याइसकिएको छ ।

स्टान्ड ‘ए’ मा सबै पिल्लर (१ सय ३५ वटा) राखिसकिएको छ । यहाँ ढुंगाको वालको काम सुरु भएको छ । स्टान्ड ‘बी’मा ६५ वटा पिल्लर उठेको छ र बाँकीको काम अन्तिम चरणमा पुगेको छ ।

परियोजना व्यवस्थापक जनार्दन शर्माका अनुसार रंगशालाको दुई स्टान्डको जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै, टाइवीमको काम १३ प्रतिशत सकिएको छ । मैदानको काम यसअघि नै ८५ प्रतिशत सम्पन्न भइसकेको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमण, आवश्यक मालसामाग्रीहरुको अभाव, कामदारहरुको समस्या, बर्खा र निरन्तरको झरीका बावदुद पनि रंगशालाको काम अघि बढाइएको फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए ।

हालसम्म रंगशाला निर्माणमा ३० कराेड ५५ लाख खच भइसकेकाे छ भने  अहिलेसम्म २४ करोड १४ लाख ६० हजार रकमको आर्थिक स्रोत जुटेकाे अध्यक्षा कट्टेलले बताए ।

फाउण्डेशनका आर्थिक प्रशासन प्रमुख मुक्ति तिमल्सिनाका अनुसार अझै ६ करोड ४० लाख ५२ हजार ऋणमा रंगशाला निर्माण भइरहेकाे देखिन्छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...