दसैं मान्नेहरु कम्युनिष्ट हुनै सक्दैन : नेकपा नेता गजुरेल
सोमबार, १० कार्तिक, २०७७ बिहानको ०६:३२ बजे,
लिम्बुवान न्युज
काठमाडाैं। नेकपाका नेता हरिबोल गजुरेलले कम्युनिष्टहरुले दसैं नमान्ने बताएका छन् । कम्युनिष्टहरुले धर्मलाई अफिमको संज्ञा दिने भएकोले आफूले दसैं नमान्ने गरेको उनले बताए ।
पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको बहसमा नेता गजुरेलले यो कुरा बताएका हुन् । उनले भने, ‘दसैं मान्नेहरु कम्युनिष्ट हुनै सक्दैन । कम्युनिष्टले त धर्म र अध्यात्ममा विश्वास गर्दैन ।’
कम्युनिष्टहरु भौतिकवादी हुने र भौतिकवादीले धार्मिक पर्व तथा क्रियाकलापमा विश्वास नगर्ने उनको भनाइ छ ।
सो क्रममा उनले आफू कहिल्यै मन्दिर नगएको र आगामी दिनमा पनि नजाने अठोट लिएको बताए । उनले आफूसहित नेकपाका धेरै नेताहरुले दसैं नमनाउने जानकारी दिए ।
तर जनताले धर्म मानेकोमा आफूहरुको कुनै आपत्ति नरहेको उनले प्रष्ट पारे ।
नेपालका कम्युनिष्ट नेता तथा कार्यकर्ताहरु अधिकांश बनावटी र देखावटी कम्युनिष्ट भएको उनको टिप्पणी छ । उनले आफ्ना अधिकांश कार्यकर्ता कम्युनिष्ट हुन नसकेको घुमाउरो पाराले उनले बताए । (सार्वजनिक बाट)
दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...
ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...
दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...
दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...