मिक्लाजुङमा लडेर एकको मृत्यु

 लिम्बुवान न्युज
                       

मृतकः राम बहादुर लावती

रबि। पाँचथरको मिक्लाजुङ् ५ थुमथुमेमा मंगलबार साँझ एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ ।
मिक्लाजुङ् वडा नं. ५ थुमथुमे बस्ने अन्दाजी बर्ष ५३ का राम बहादुर लावतीको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो । घरमा कोही नभएको अवस्थामा सो घटना घटेको वडाध्यक्ष अविसन लावतीले बताए ।

बुधबार बिहान कुलोमा पानी बनाउन आउने एक प्रत्यक्षदर्शीले मृतकलाई कुलोमा लढिरहेको देखेपछि जनप्रतिनिधिलाई जानकारी गराएका थिए । जनप्रतिनिधिले तत्काल इलाका प्रहरी कार्यालय रबिलाई जानकारी दिएपछि आएका प्रहरीले मुचुल्का उठाई पोष्टमार्टमको लागि इलाका स्वास्थ्य कार्यालय रबि लगिएको छ । बुधबार अबेर मात्र लासलाई रबि पु¥याइएको हुँदा बिहीबारमात्र मृतकको पोष्टमार्टम गरिने वडाध्यक्ष लावतीले बताएका छन् ।

मृतकको बाहिरी केही नदेखिएको हुँदा कुलोमा लढेर उठ्न नसकेपछि पानी खाएर मृत्यू भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ । पोष्टमार्टम पश्चात बिहीबार नै मृतकको अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।

मृतकको श्रीमती, ३ छोरा र १ छोरी रहेका छन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...