पाँचथरको मिक्लाजुङमा लकडाउन

 लिम्बुवान खबर
                       

रबि। पाँचथरको मिक्लाजुङ् गाउँपालिकाले ६ जना कोरोना संक्रमितको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको पछि चिसोपानी पञ्चमी बजार, रबि बजार र सप्तमी बजार एक हप्ता लकडाउन गरेको छ ।

त्यसैगरी सो तीनवटा बजार जोड्ने राँके रबि भेडेटार सडक महाभारा सडकमा सार्वजनिक यातायात समेत हिड्नमा राेक लगाइएकाे गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताएका छन् ।

चाडवार्डमा बाहिरबाट धेरै मानिसहरुको आवतजावत बढेपछि कोरोना संक्रमण बढ्न सक्ने कुरालाई ध्यानमा राखेर सो निर्णय गर्नु परेको अध्यक्षले बताए ।

लकडाउनमा सबै व्यवासय बन्द गर्न अनुरोध गरिएको साथै अत्यावश्यक सामान ओसारपोसार, एम्बुले लगायतलाइ भने कुनै रोकतोक नगरिएको जनाएको छ । १८ गतेसम्म गरिएकाे निशेधाज्ञालाइ काेराेना नियन्त्रणमा नअाए पुनः थप निशेधाज्ञा समेत गर्न सकिने गाउँपालिका अध्यक्ष माखिमले बताए । समुदाय स्तरमा काेराेना फैलिएपछि सार्वजनिक सूचना जारी गरेर निशेषज्ञा गरिएको हो ।

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...