इलामका डाँडाकाँडामा दूध बोक्ने घोडाहरुसँगै साइक्लिङको मज्जा

 लिम्बुवान न्युज
                       

इलाम : हरियो चियाबारी र नागबेली सडकमा साइकल कुदाउँदै हिँड्नु पनि एक साहसिक काम हो । साइकल कुदाऔं स्वस्थ रहौं भन्ने नारा
सहित सामूहिक रुपमा साइकल यात्राले इलामको पर्यटन प्रवद्र्धनमा सहयोगी भूमिका खेल्ने अपेक्षा लिइएको छ ।

हरियो कार्पेट झै लाग्ने चियाबारीहरुले इलामलाई हरियालीको पर्याय बनाएको छ । पर्यटकीय सम्भावनाको अपार खानी रहेको इलाममा अब अर्को पर्यटकीय खेलले प्रवेश पाएको छ ।

इलामका डाँडाकाँडा र गोरेटोहरुमा दूध बोक्ने घोडाहरुसँगै साइक्लिङको मजा पनि लिन पाइने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङबाट सुरु भएको सामुहिक साइकल यात्राका साइकल यात्रीले इलाममा आइपुगेपछि साइक्लिङले कोरोना कहरमा शुन्य रहेको पर्यटन क्षेत्रमा केही हदसम्म भएपनि गति लिने विश्वास व्यक्त गरेका थिए ।

पहाडमा साहसिक साइकल यात्राका लागि राम्रो सम्भावना भएकाले यात्रा रोमाञ्चकसमेत भएको यात्रुहरुको भनाइ छ । लिंक्स पेडल नामक संस्थाको आयोजनामा भएको साइकल यात्रामा विभिन्न पेशामा आवद्ध १३ युवा साइकल यात्रीहरु सहभागी भएका थिए ।

ताप्लेजुङको सुकेटारदेखि सुरु भएको चार दिने साइकल यात्रा द हिमालयन माउण्ट बाईक विर्तामोडको सहयोगमा सञ्चालन भएको थियो ।

साइकल यात्राका सहभागीले पहाडको नागबेली सडकका साथै इलामको चियाबारीलगायतका क्षेत्र छिचोल्दै दुई सय ३० किलोमिटर यात्रा गरेका थिए ।

इलामको अधिकांश गाउँ छिचोलेका उनीहरुले देखेको सम्भावनालाई सफलतामा परिणत गर्ने हो भने वास्तवमा इलामसहित पूर्वी पहाडले परिचयको नयाँ आवरण ओड्न पाउने निश्चित छ ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...