राससका महाप्रवन्धक शर्मालाई कोरोना संक्रमण भएकाे पुष्टि

 लिम्बुवान न्युज
                       

  • रासस

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का महाप्रवन्धक ओपेन्द्र शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । महाप्रवन्धक शर्मा हाल होम आइसोलेशनमा छन् ।

पारिवारिक स्रोतका अनुसार उनमा शरीर दुख्ने, खोकी लाग्नेजस्ता कोराना संक्रमणका सामान्य लक्षण देखिएको छ ।

स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू संक्रमित भएको उनले सामाजिक सन्जालमार्फत् जानकारी दिए पछि काेराेना संक्रमण पुष्टि  भएकाे हाे । उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई आइसोलेशनमा रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न पनि आग्रह गरेका छन् ।

यसअघि उनका दाजु एवम् नेकपाका नेता जनार्दन शर्मा (प्रभाकर), भाउजु र भाई अनिल शर्मालाई पनि कोरोना संक्रमण देखिएको थियो ।

रासस महाप्रवन्धक शर्मा भने स्वास्थ्य मापदण्ड पालना गर्दै नियमित कार्यालयमा उपस्थित रहेको राससले जनाएको छ । महाप्रवन्धक शर्मासँगै उनका चालक लीलाराम देवकोटालाई पनि आजै कोरोना संक्रमण पुष्टि भएको छ । उनी पनि होम आइसोलेशनमा छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...