उज्ज्वल ठकुरीलाई सातौं पटक विश्व रेकर्डको उपाधि

 लिम्बुवान न्युज
                       

  • विजय थापा

    एजेन्सी। नेपाली मूलका अमेरिकन मरिन गोजु कराँतेका खेलाडी उज्ज्वल ठकुरीलाई सातौं पटक गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ ।

आधा दर्जनभन्दा ज्यादा विश्व कीर्तिमान राख्न सफल ठकुरीले नेपाल र नेपालीको नाम विश्वको अगाडि राख्न पाउँदा गर्व लाग्ने बताए ।

फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुँडामा ५ केजी तौल राखी ३ मिनेटमा १५७ पटक प्रहार गरेपछि उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले २९ फेब्रुअरी २०२० मा विश्व रेकर्डको मान्यता दिएको थियो ।

तर महामारीको कारण ठकुरीले २०२० को अक्टोबर महिनाको अन्त्यमा प्रमाण पत्र प्राप्त गरेका थिए । ठकुरीले दसैंको भोलिपल्ट अक्टोबर २७, २०२० बिहान ९:४५ मिनेटमा आफूले सातौं गिनिज वर्लेड रेकर्ड पाएको सार्वजनिक गरेका थिए ।

उनको विश्व कीर्तिमान सन् २०१७ देखि सुरु भएको हो । उनले सेप्टेम्बर २०१७ मा पहिलो, नोभेम्बर २०१७ मा दोस्रो, नोभेम्बर २०१८ मा तेस्रो, सेप्टेम्बर २०१८ मा चौथो, सेप्टेम्बर २०१९ मा पाचौं, फेब्रुअरी २०२० मा छैटौं र फेब्रुअरी २०२० मै सातौं गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् ।

काठमाडौंमा जन्मिएका ठकुरी २ दशकभन्दा अगाडि अमेरिका आएका हुन् । उनले कराँते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरि विभिन्न पदकहरु प्राप्त गरिसकेका छन् ।

करातेमा उनले आफ्नो आधा दर्जनभन्दा पृथक विशेष अविष्कार छन् । ‘फांग खुकुरी काँटा र ‘फांग ब्रेकिङ्ग’मा सहित उपाधी प्राप्त गरिसकेका छन् ।

बिगतमा  भ्यानडम शैलीमा  ‘कुरो बुशि वर्ल्ड च्याम्पियन’ खेलमा समेत उनी सम्मानित भइसकेका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...